Jul 27 2026 | २०८३, श्रावण ११ गते

बी.ई./बी.आर्कमा विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा भदौं ३ गते देखि

बी.ई./बी.आर्कमा विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा भदौं ३ गते देखि

  • 557
    SHARES

  • बी.ई./बी.आर्कमा विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा भदौं ३ गते देखि

    साउन, १ गते/ काठमाडौं। शैक्षिक वर्ष २०८२/०८३ को स्नातक (बीई/बी.आर्क.) तहको विद्यार्थी भर्नाका लागि सञ्चालन गरिने प्रवेश परीक्षा आगामी भदौ ३ गते देखि संचालन गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    इन्जिनियरिङ्ग अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोक, पश्चिमाञ्चल क्याम्पस, पोखरा र पूर्वाञ्चल क्याम्पस, धरानमा तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गर्ने सूचनामा उल्लेख छ।

    त्रि. वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरू तथा सम्बन्धन प्राप्त कलेजहरूमा शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातक (बी.ई./बी.आर्क.) तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधि मार्फत प्रवेश परीक्षा सञ्चालन गरिने छ ।

     

    आवेदन फाराम भर्ने विधि तथा आवश्यक कागजातहरू

    • आवेदकहरूले इ.अ.सं., प्रवेश परीक्षाको वेबसाइट https://entrance.ioe.edu.np मा राखिएको प्रवेश परीक्षाको Online आवेदन फाराम भरी सोही वेबसाइट मार्फत Submit गर्नु पर्नेछ ।

    • वेबसाइट मा Online Form मिति २०८२/०४/१३ गते बिहान १०:०० बजे देखि मिति २०८२/०४/२७ गते अपरान्ह ५:०० बजे सम्म मात्र उपलब्ध हुनेछ । तसर्थ तोकिएको उक्त अवधि भित्रै फाराम भरि Submit गरि सक्नु पर्नेछ। तोकिएको समय पश्चात् Online फाराम स्वतः बन्द हुनेछ ।

    • आवेदन फाराम इन्टरनेट सुविधा भएको कुनै पनि स्थानबाट तोकिएका दिनहरूमा कुनै पनि समयमा भर्न सकिनेछ । 

    • प्रवेश परीक्षा शुल्क रु. २,०००।- (अक्षरेपि रुपैयाँ दुई हजार मात्र। तोकिएको छ ।

    यस्तो छ सूचना

    FB_IMG_1752712815627.jpgFB_IMG_1752726342035.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार