बुधवार, श्रावण ८ २०८२
साउन, ७ गते/ बिराटनगर। पूर्वाञ्चल विश्वविद्यालय डीनको कार्यालयले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना सम्बन्धी सूचना जारी गरेको छ। विश्वविद्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि विश्वद्यालयबाट स्वीकृत सिट संख्याको आधारमा प्रथम सेमेष्टर/वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि साउन २० गतेबाट अनलाइन/अफलाइन आवेदन दिन सकिने गरि सुचना जारी गरेको हो।
पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन/विज्ञान तथा प्रविधि/कला कानुन तथा शिक्षाशास्त्र संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त स्कूल/क्याम्पस/कलेजहरुमा सेमेष्टर एवं वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालित स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८२/०८३ (सन् २०२५) का लागि विश्वद्यालयबाट स्वीकृत सिट संख्याको आधारमा प्रथम सेमेष्टर/वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि अनलाइन/अफलाइन आवेदन आह्वान गरिएको व्यहोरा जनाइएको छ।
साथै इञ्जिनियरिङ्ग संकाय अन्तर्गत सञ्चालित स्नातक तहका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु र विज्ञान तथा प्रविधि संकायको B.V.Sc. & AH. शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको अनलाइन फारम मिति २०८२।०४।२० गते देखि खुल्ला गरिने सुचनामा उल्लेख छ।
