Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्रान्तिकारीद्वारा सीटीईभीटीका सदस्यसचिवलाई कार्यालय प्रवेशमा रोक

क्रान्तिकारीद्वारा सीटीईभीटीका सदस्यसचिवलाई कार्यालय प्रवेशमा रोक

  • 839
    SHARES

  • क्रान्तिकारीद्वारा सीटीईभीटीका सदस्यसचिवलाई कार्यालय प्रवेशमा रोक

    साउन, काठमाडौं। अखिल (क्रान्तिकारी) बहुमतले सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।

    जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्यांकन गरि फेल गराइएकाले विद्यार्थीलाई न्याय प्रदान गर्र्नुको सट्टा पुनः परीक्षा सञ्चालन गर्न लागेको भन्दै क्रान्तिकारीले प्रवेशमा रोक लगाएको हो।

    क्रान्तिकारीले ६० अंकको प्रायोगात्मक ४० बनाएर मूल्याङ्न गरेर १७ जना विद्यार्थीलाई नियोजित ढंगले अनुत्तिर्ण गराएको आरोप लगाएको छ

    साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरुका सम्बन्धन स्विकृति बिना नै बदनियतपूर्वक भर्ना अनुमति दिइ कक्षा सञ्चालन गर्न दिएको र ती शिक्षालयमा अध्ययनरत विद्यार्थीको भविष्यप्रति खेलबाड गर्ने काम भएको क्रान्तिकारीको बताएको छ।

    विगतमा भएको सहमति पनि कार्यान्वयन नभएकाले सदस्य सचिवलाई अनिश्चितकालीन प्रवेशमा रोक लगाएको क्रान्तिकारीले जनाएको छ ।

    Screenshot_2025-07-25-17-44-46-66_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शुक्रवार, श्रावण १० २०८२०५:५६:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार