सोमवार, श्रावण १३ २०८२
साउन, १२ गते। काठमाडौँ महानगरपालिकाको बिजेश्वरी स्थित द सनसाइन स्कुल/कलेजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शनिवार पिपल्स डेन्टल कलेज तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयको भएको थियो।

शिविरमा दाँत, आँखा र जनरल फिजिशियन गरि 22 जना चिकित्सक तथा सहयोगिहरुले जाँच गरेका थिए। उक्त शिविरबाट शिक्षक, कर्मचारी , अभिभावक तथा बिद्यार्थि गरि कुल ४५० जनाले प्रत्यक्ष फाइदा लिएका थिए।

द सनसाइन स्कुल कलेजका प्राचार्य बाबुराम गौतमले विद्यार्थीको स्वास्थ्य संबेदनसिलतालाई मध्यमजर गर्दै उनिहरुको स्वास्थ्य समस्याको पहिचान र त्यसको निदानको लागि सहयोग पुर्याउन नि:शुल्क स्वास्थ्य शिविरआयोजना गरेको बताउनुभयो।

स्वास्थ्य शिविरबाट करिब ४ सय ५० भन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले सेवा लिएका थिए।


