शनिवार, श्रावण १८ २०८२
साउन, १७ गते/ काठमाडौँ ।निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) कीर्तिपुर नगर समितीले नगरपालिका स्तरीय अन्तर- विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ। प्याब्सन कीर्तिपुर नगरपालिका अध्यक्ष रवि भण्डारीको सभापतित्व तथा काठमाडौ जिल्ला उपाध्यक्ष - सुर्य भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

प्रतियोगितामा कीर्तिपुर नगरपालिका प्याब्सन सदस्य विद्यालय मध्ये १६ वटा विद्यालयबाट ५४ जना विद्यार्थी सहभागी रहेका थिए। जसमध्येबाट बिजेत २ जनाले जिल्ला स्तरिय हस्त लेखन प्रतियोगितामा सहभागी हुन पाउने छन।

जुनियर र सिनियर दुई विधामा भएको उक्त प्रतियोगिता ट्याङ्लास्थित लोक आदर्श एकेडेमीमा भएको थियो। प्रतियोगितामा जुनियर तर्फ अंग्रेजी हस्त लेखन र सिनियर तर्फ नेपाली हस्त लेखनमा सहभागी भएका थिए।

उक्त प्रतियोगितामा शिनियर तर्फ कस्यप स्कुलका चाहत बैधले प्रथम स्थान हासिल गरे। त्यस्तै ल्याब स्कुलकी निलम लिम्बुले द्वितीय स्थान, पुष्पसदन स्कुलकी गृष्मा बन्जाडेले तृतीय र ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकी निरुशा दाहालले सान्त्वना पुरस्कार हासिल गरेका थिए।

त्यसैगरी जुनियर तर्फ ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका संयोग तुलाचनले प्रथम स्थान हासिल गरेका थिए। त्यस्तै ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकै निशा महतले द्वितीय स्थान, ल्याब स्कुलकी स्मृति बोहोरा तृतीय र पुष्पसदन स्लुलका सयास अर्यालले सान्त्वना पुरस्कार हासिल गरेका थिए।

उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्याब्सनका प्राज्ञिक सल्लाहकार तथा ल्याब स्कुलका प्रिन्सिपल लाक्पा श्रेर्पाले विद्यार्थीहरुको लेखनशैली बिकासको लागि गरिएको अन्तर -विद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता अत्यन्तै प्रभावकारी हुने बताउनुभयो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्याब्सन काठमाडौ जिल्लाका उपाध्यक्ष सुर्य भण्डारीले हस्तलेखनले विद्यार्थीहरूको सिर्जनात्मकता र प्रस्तुतिको शैलीलाई निखार्ने बताउँदै यस्ता प्रतियोगिताले बालबालिकालाई अनुशासित र आत्मविश्वासी बनाउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका प्याब्सनका अध्यक्ष रबि भण्डारिले हस्त लेखन विद्यार्थीको सिर्जनानात्क क्षेमताको बिकास गर्नुका साथसाथै विद्यार्थीहरुको ब्यक्तित्व बिकासको लागि पनि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । अहिले डिजिटल एडिक्सनका कारण बालबालिकाहरुको सिर्जना मरेको र कुलतमा फसाएको भन्दै त्यसबाट उन्मुक्ति पाउन हस्त लेखन प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो।

अहिले शिर निहुराएर पढौं भविष्यमा शिर ठाडो पारेर हिड्न सकिन्छ्। अहिले शिर ठाडो पारेर हिड्दै पढेनौं भने भविष्यमा शिर निहुराउनु पर्छ। त्यसैले विद्यार्थीहरु पढ्नुपर्छ अध्यक्ष भण्डारिको भनाई थियो। अध्यक्ष भण्डारिले उक्त प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो।


उक्त कार्यक्रम कीर्तिपुर नगर प्याब्सनका सचिव हरेराम अधिकारीले संञ्चालन गर्नुभयो। कार्यक्रममा कोषाध्यक्ष बुद्धबुद्ध महर्जन लगाएत प्याब्सन कीर्तिपुर नगर समितिका पदाधिकारी, सदस्य तथा विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

