Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई सम्मान: कोटदेवी पब्लिक स्कुलद्वारा ४ जिपिए ल्याउने रुबिनालाई नगद २० हजार पुरस्कार

एसईई सम्मान: कोटदेवी पब्लिक स्कुलद्वारा ४ जिपिए ल्याउने रुबिनालाई नगद २० हजार पुरस्कार

  • 1.3K
    SHARES

  • एसईई सम्मान: कोटदेवी पब्लिक स्कुलद्वारा ४ जिपिए ल्याउने रुबिनालाई नगद २० हजार पुरस्कार

    काठमाडौं, श्रावण १८ | माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका कोटदेवी इङ्लिस पब्लिक स्कुलका विद्यार्थीहरूलाई विशेष सम्मानसहित विदाई गरेको छ। विद्यालयले एसईई २०८१ मा ४ जिपिए ल्याउने रुबिना श्रेष्ठलाई नगद २० हजार सहित अन्य विद्यार्थीहरुलाई सम्मान गरेको हो।

    IMG_6053~2.JPG

    कोटदेवी इङ्लिस पब्लिक स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन दाहलको सभापतित्व तथा केन्द्रिय सह-अध्यक्ष गोपाल प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई फाउन्डर प्रिन्सिपल तथा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले सम्मान गर्नुभयो।

    IMG_6062~2.JPG

    कार्यक्रमको मुख्य आकर्षण छात्रा रुबिना श्रेष्ठ रहिन्, जसले एसईई परीक्षामा ४.०० जीपीए प्राप्त गर्दै नगद २० हजारसहित विशेष सम्मान प्राप्त गरिन। उनलाई प्याब्सन सह-अध्यक्ष गोपाल प्रसाद आचार्य, फेकाका अध श्रीराम दाहाल, प्राचार्य नवराज भट्टले संयुक्त रूपमा सम्मान गरेका थिए। उक्त कार्यक्रममा एसईई २०८१ ब्याचका अन्य ३० जना उत्कृष्ट विद्यार्थीहरूलाई समेत प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो।

    IMG_6173~2.JPG

    कार्यक्रमका प्रमुख अतिथि गोपाल प्रसाद आचार्यले मेहनत गर्ने विद्यार्थीहरूको भविष्य सधैं उज्यालो हुने बताउँदै सबै विद्यार्थी र अभिभावकलाई निरन्तर परिश्रम र प्रेरणाको सन्देश दीनुभयो। आचार्यले विद्यार्थीलाई सफल बनाउन शिक्षक र अभिभावकको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो।

    IMG_6208~2.JPG

    त्यसैगरी फेका अध्यक्ष श्रीराम दाहालले शिक्षक तथा विद्यार्थीहरुले मेहनत गरे राम्रो नतिजा ल्याउन सकिने उदाहरण कोटदेवी स्कुलले दिएको बताउनुभयो। उहाँले एक जना ४.०० जिपे सहित सत् प्रतिशत नतिजा ल्याउने सबै विद्यार्थीहरुलाई बधाई दिनुभयो।

    IMG_6182~2.JPG

    विद्यालयका प्रिन्सिपल नवराज भट्टले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक, र विद्यार्थीको साझा प्रयासको नतिजा भएको बताउनुभयो । 'हामी विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमतामा अझ निखार ल्याउने प्रयासमा छौं। विद्यार्थीहरूले विद्यालयको नाम उच्च राखेर हामीलाई गौरवान्वित बनाएका छन।' भट्टले भन्नुभयो, "हाम्रो उद्देश्य शिक्षा मात्र होइन, नैतिकता, व्यवहार र सामाजिक चेतनामा समेत सक्षम बनाउनु हो। विद्यार्थीहरूको यस सफलताले हाम्रो दृष्टिकोण सही रहेको पुष्टि गरेको छ।”

    IMG_6148~2.JPG

    विद्यार्थी तर्फबाट बोल्दै ४.०० जिपिए ल्याउने छात्रा रुबिना श्रेष्ठले विद्यालयमा पाएको माया, ममता र मार्गदर्शनप्रति आभार व्यक्त गरिन। उनले भविष्यमा पनि विद्यालयको नाम उच्च राख्ने गरी अघि बढ्ने दृढता व्यक्त गरिन। पुरस्कृत छात्रा रुबिना श्रेष्ठले आफ्नो सफलताको श्रेय आमाबुवा, शिक्षक र विद्यालय परिवारलाई दिँदै आभार प्रकट गरिन।

    IMG_6177~2.JPG

    कार्यक्रमको अन्त्यमा सभापति दाहालले सबै विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई बधाई दिँदै कार्यक्रम समापन गर्नुभयो।

    उक्त कार्यक्रममा उत्कृष्ट शिक्षकलाई नगद १० हजार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

    IMG_6171~2.JPGIMG_6255.JPGIMG_6245.JPGIMG_6230.JPGIMG_6233.JPG

    images
    आइतवार, श्रावण १९ २०८२०९:१३:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार