सोमवार, श्रावण २० २०८२
साउन, १९ गते/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।
आज मात्रै कक्षा १२ को परीक्षाको नजिता सार्वजिनक भएको छ । बोर्डका अनुसार गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए ।