Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्तिको घोषणा

नेपाल इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्तिको घोषणा

  • 512
    SHARES

  • नेपाल इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्तिको घोषणा

    भक्तपुर : भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले समुदाय छात्रवृत्ति घोषणा गरेको छ। कलेजले गरिब, विपन्न, पिछडिएका वर्गका विद्यार्थीलाई पनि इन्जिनियरिङ अध्ययनबाट वञ्चित हुन् नदिन छात्रवृत्ति घोषणा गरेको हो।

    कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले यसका लागि ३२ वटा सिट रहेको जानकारी गराए। कलेजले सञ्चालन गरिरहेको सातवटा कार्यक्रममै यस्तो प्रकारको छात्रवृत्तिको व्यवस्था रहेको उनको भनाइ छ।

    कलेजको भर्ना समिति २०२५ का संयोजक रूपेश दही श्रेष्ठले यसअघि प्रदेश छात्रवृत्ति मात्रै रहेकोमा यस वर्षदेखि समुदाय छात्रवृत्ति पनि थप गरिएको जानकारी गराए। यसअन्तर्गत सबैभन्दा बढी आर्किटेक्चरमा चारवटा सिट रहेको जानकारी उनले गराए।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार