Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेबी अन्तर- विद्यालय स्तरीय चेस प्रतियोगिता आयोजना

जेबी अन्तर- विद्यालय स्तरीय चेस प्रतियोगिता आयोजना

  • 695
    SHARES

  • जेबी अन्तर- विद्यालय स्तरीय चेस प्रतियोगिता आयोजना

    साउन, २८ गते/ काठमाडौँ । बुढानिलकण्ठ, ६ च्यासिन्डोलस्थित जेबी स्कुलले प्रथम जेबी अन्तरविद्यालय चेस प्रतियोगिता आयोजना गर्ने भएको छ। मंगलवार एक पत्रकार सम्मेलन गर्दै साउन ३० गते कार्यक्रम गर्न लागिएको जानकारी गराइएको हो ।

    प्रतियोगिता विद्यालयस्तरमा बुद्धिचाल खेलको स्तर उकास्ने र विद्यार्थीमा तार्किक सोच, योजना निर्माण तथा धैर्यता विकास गर्ने उद्देश्यले गरिन लागेको हो।

    विद्यार्थीहरुको कक्षा र उमेरको आधारमा छात्र तर्फ तिन Category र छात्रा तर्फ दुई Category मा विभाजन गरिने छ। प्रतियोगिता श्रावण ३० गते उद्घाटन गरि Swiss लिगको खेलहरु हुनेछन भने श्रावण ३१ गते फाइन खेलहरु हुनेछ । उक्त प्रतियोगितामा २०० विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन ।

    प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने ५० विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मान गरिनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु जेवि स्कलको आफ्‌नै प्राङ्गणमा हनेछ ।

    उक्त प्रतियोगिताले चेसको माध्यमबाट शैक्षिक संस्था र विद्यार्थीबीचको नेटवर्क विस्तार, प्रतिस्पर्धा र सहकार्यको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल नारायण रोकाले बताउनुभयो।

    FB_IMG_1755107105431.jpg

    images
    बुधवार, श्रावण २९ २०८२११:३२:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार