Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेवि अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न ।

जेवि अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न ।

  • 695
    SHARES

  • जेवि अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न ।

    भदौ, २ गते/ काठमाडौँ। बुढानिलकण्ठ स्थित जेवि स्कुलले आयोजना गरेको जेवि अन्तर विद्यालय चेस प्रतियोगिया सम्पन्न गरेको छ। गत साउन ३० र ३१ गते दुई दिन चलेको उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    IMG-20250818-WA0005.jpg

    उक्त प्रतियोगितामा स्विस लिग प्रणालीमा सञ्चालन भएको थियो। यसमा विभिन्न ४० विद्यालयका २५० जना विद्यार्थीले भाग लिएका थिए। विद्यार्थीको कक्षा र उमेरका आधारमा छात्रतर्फ तीन र छात्रातर्फ दुई गरी पाँच फरक श्रेणीमा खेलहरु खेलाइएको थियो।

    यस प्रतियोगितामा टीआईएका ९ जना खेलाडीले विभिन्न श्रेणीमा ४९ नम्बर प्रथम स्थान हासिल गरे। त्यस्तै ग्रीनल्याण्ड हाइ स्कुलका ७ जना खेलाडी विभिन्न श्रेणिमा जित हाँसिल गर्दै ३२ अंकका साथ द्वितीय स्थान र २८ अंकका साथ बिएनए (बसुन्धारा नेसनल एकेडेमी) ले तृतीय स्थान साहिल गर्यो।

    IMG-20250818-WA0006.jpg

    उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई कार्यक्रमका सभापती कृष्ण प्रसाद वस्ती, प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बिशेष अतिथी प्याब्सन केन्द्रका उपाध्यक्ष ठकिन कुमार गुरुङ, नेसनल प्याब्सन बागमतिका अध्यक्ष डिएन महतो र प्याब्सन जिल्ला सहसचिव तथा विद्यालय प्रिन्सिपल नारायण रोकाको उपस्थितिमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा पाँचौ देखी दशौ स्थानसम्मका ५० खेलाडिलाई मेडल र प्रमाणपत्रबाट सम्मन प्रदान गरियो।

     

    images
    सोमवार, भाद्र २ २०८२०९:१९:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार