मंगलवार, भाद्र १० २०८२
भदौ, १० गते/ काठमाडौ। पूर्वाञ्चल विश्वविद्यालयले इञ्जिनियरिङ संकाय स्नातक तहका शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षाको अनलाईन आवेदन फाराम खुला गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय अन्तगर्तका आंगिक एवं सम्बन्धन प्राप्त स्कूल/क्याम्पस/कलेजहरूमा सञ्चालित इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहका BE (Civil, Computer, Electronics Communication & Automation, Electrical, Geomatic, Biomedical) र B. Arch. शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८२।०८३ (सन् २०२५) मा नयाँ भर्नाको प्रवेश परीक्षाका लागि अनलाईन (ONLINE) आवेदन फाराम खुला गरेको हो।
विश्वविद्यालयद्वारा तोकिएको न्यूनतम् शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रम छनौट गरी Online फारामको विवरण भरी सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरू र पासपोर्ट साइजको Color फोटोको Scan Copy समेत Attach गरी तीकिएको दस्तुर सहित सम्बन्धित संकायमा Online Payment मार्फत् आवेदन फाराम भर्ने व्यवस्था मिलाइएको छ। नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा सम्बन्धित निकाय संस्थाबाट जारी गरिएको समकक्षताको प्रमाणपत्रको Scan Copy अनिवार्य रूपले Attach गर्नु पर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।
इच्छुक आवेदक परीक्षार्थीहरूले भर्ना हुन चाहेको स्कूल क्याम्पस/कलेजहरु छनौट गरी ONLINE मार्फत प्रवेश परीक्षा फाराम भरेपछि तोकिएको दस्तुर तिरी मिति २०८२ भदौ १८ गते सम्म र विलम्व दस्तुर तिरी मिति २०८२ भदौ २० गते (राति १२:०० बजेभित्र) सम्म आवश्यक कागजातहरूको सक्कल प्रतिको Scanned Copy Attach गरी JPEG/JPG/PNG Format मा Upload गर्नु पर्नेछ ।
साथै ONLINE आवेदनका लागि विश्वविद्यालयको Website- www.pufoe.edu.np, वा htps://entrance.puexam.edu.np मा गएर भर्न सकिने छ। साथै प्रवेश परीक्षा २०८१ भदौ २५ गते, विउँसो १ देखि ४ बजेसम्म संचालन हुने छन। परीक्षा केन्द्र पछि प्रकाशित गरिने विश्वविद्यालयले जानकारी दिएको छ।


