बुधवार, भाद्र ११ २०८२
काठमाडौँ। बिगत ३४ दिनबाट गर्दै आएको अनेरास्ववियू (क्रान्तिकारी) को आन्दोलन सफल भएको छ। आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच चारबुँदे सहमति भए संगै आन्दोलन सफल भएको हो।
मंगलबार अखिल (क्रान्तिकारी) र त्रिविबीच चारवटा विभागको शुल्क घटाउनेसहित चार बुँदामा सहमति भएको थियो। त्रिभुवन विश्वविद्यालयले चारवटा बिभागको शुल्क घटाउने सहमती गरेसंगै ३४ दिनबाट गर्दै आएको अखिल (क्रान्तिकारी) धर्ना लगाएत आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ।
सहमतिअनुसार, मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभागको शुल्क घटाइएको छ।
अहिले लिइँदै आएको शुल्कलाई घटाएर एक लाख १० हजार रुपैयाँ कायम गरिने सहमति भएको छ। नयाँ शुल्क दोस्रो सेमेस्टरबाटै लागु हुनेछ।
यस्तै, त्रिविको नियमअनुसार विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गरिने सहमतिपत्रमा उल्लेख छ। यस्तै, केन्द्रीय विभागमा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिने पनि सहमति भएको छ।
1️⃣ शुल्क रु. १,८०,००० बाट घटाएर रु. १,१०,००० मा झारिएको छ।
2️⃣ विश्वविद्यालयको नियमानुसार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति पूर्णरूपमा कार्यान्वयन गर्ने।
3️⃣ आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने।
4️⃣ अन्य विद्यार्थी हितका विषयहरू कार्यान्वयन गर्ने।
