शनिवार, भाद्र १४ २०८२
काठमाडौँ। पुर्व शिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले निजी विद्यालय सञ्चालकहरूलाई ढाडस दिँदै नडराई लगानी गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा एक निजी विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वशिक्षामन्त्री समेत रहेका पौडेलले निजी विद्यालय सञ्चालकहरू राज्यले लखेट्छ कि भनेर डराउनुपर्ने अवस्था नरहेको बताएका हुन्।
तपाईंहरू निर्वाध रूपमा कम्पनी खोलेर सञ्चालन गर्नुस्, लगानी गर्नुस्। निजी गुठी खोलेर सञ्चालन गर्नुस्, लगानी गर्नुस्। तपाईंहरूलाई बैंकबाट दिएको ऋण, तपाईंहरूले गरेको लगानीलाई हामीले सुरक्षण गर्ने र त्यसको बचाऊ गर्ने कानुन बनाउँछौं। त्यसकारण निर्धक्का साथ अगाडि बढ्नका निम्ति कलेज सञ्चालक साथीहरूलाई अनुरोध गर्छु,' पौडेलले भने।
पौडेलले निजी विद्यालयहरूले नै शैक्षिक क्षेत्रको इज्जत धानिरहेको पनि बताए। केही समय शिक्षामन्त्री र तीनपटक सांसद भएको हैसियतले एसइईदेखि उच्च शिक्षासम्मका नतिजाहरूबारे आफू जानकार रहेको पौडेलको भनाइ छ।
पौडेलले भने तपाईंहरूलाई भन्छु 'गो अहेड' । कसैले वाधा अवरोध सिर्जना गर्ने छैन। म कलेज सञ्चालन गर्ने सरहरूलाई पनि अगाडि बढ्नका लागि अनुरोध गर्छु,'