सोमवार, भाद्र २३ २०८२
२३, भदौ/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले भदौ २४,२५ र २६ गतेका परीक्षाहरू स्थगित गरेको छ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८२ साल भाद्र २२ गतेदेखि संचालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षाहरु मध्ये देशमा आकस्मिक रुपमा श्रृजना भएको असहज परिस्थितिका कारण २०८२ साल भाद्र २४, २५ र २६ गतेका दिन संचालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरु हाललाई स्थगित गरिएको जानकारी दिएको छ।
विश्वविद्यालय केन्द्रीय परीक्षा संचालक समितिको आज मिति आज गते बसेको आकस्मिक बैठकले मिति २०८२ भदौ २४, २५ र २६ गतेका स्थगित परीक्षाहरु क्रमशः मिति २०८२ आश्विन २ गते, ४ गते र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा संचालन गरिने सुचनामा उल्लेख छ। साथै, अन्य मितिका परीक्षाहरु यथावत संचालन हुनेछन् ।