Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को पूरक परीक्षा आजबाट सुरु हुँदै

कक्षा १२ को पूरक परीक्षा आजबाट सुरु हुँदै

  • 501
    SHARES

  • कक्षा १२ को पूरक परीक्षा आजबाट सुरु हुँदै

    ७, असोज" काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो ।

    यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो ।

    आज पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

    यस्तै बुधबार दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।

    सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

    FB_IMG_1758551675481.jpg

    images
    मंगलवार, आश्विन ७ २०८२०७:४५:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार