Jul 27 2026 | २०८३, श्रावण ११ गते

११ औं उपत्यका व्यापी रेडियण्ट अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता शुरु

११ औं उपत्यका व्यापी रेडियण्ट अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता शुरु

  • 1.0K
    SHARES

  • ११ औं उपत्यका व्यापी रेडियण्ट अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता शुरु

    १, मंसिर/ स्यूचाटार, काठमाडौं । ११औं उपत्यकाव्यापी रेडियण्ट अन्तर- विद्यालय बास्केटबल प्रतियोगिता शुरु भएको छ। सोमबार उद्घाटन भई रेडियण्ट स्कुलको परिसरमा रहेका बास्केटबल कोर्टमा भव्यताका साथ सुरु भएको हो।

    IMG-20251117-WA0004.jpg

    प्रतियोगिता मंसिर १० गतेसम्म निरन्तर सञ्चालन हुनेछ।

    यस वर्षको प्रतियोगितामा ३२ विद्यालयका ४९ टिम सहभागी भएका छन्। सहभागी टिमहरूमा Senior Boys – २५ टिम, Junior Boys – १२ टिम, तथा Girls – १२ टिम रहेका छन्।

    बास्केटबल प्रतियोगिताले विद्यार्थीहरूको पढाइसँगै समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, टोली भावना र आत्मविश्वास वृद्धि हुने प्रिन्सिपल सुर्य बहादुर केसिले बताउनुभयो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागिता जनाई प्रतिस्पर्धासँगै आपसी मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने प्रिन्सिपक केसिको भनाई छ।

    IMG-20251117-WA0005.jpg

    प्रतियोगिता मा विजेता तथा उपविजेता टिमहरूले ट्रफी, केडल र प्रमाणपत्र प्राप्त गर्ने स्कुलले जानकारी दिएको छ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनमा करिब ४ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ।

    images
    सोमवार, मंसिर २ २०८२०९:४४:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार