Jul 27 2026 | २०८३, श्रावण ११ गते

११ औं उपत्यका व्यापी रेडियण्ट अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

११ औं उपत्यका व्यापी रेडियण्ट अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

  • 367
    SHARES

  • ११ औं उपत्यका व्यापी रेडियण्ट अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    १०, मंसिर/ स्यूचाटार, काठमाडौं । ११औं उपत्यकाव्यापी रेडियण्ट अन्तर- विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा सिनियर ब्वाइज तर्फ आयोजक रेडियन्ट पब्लिक स्कुल, जुनियर ब्वाइज तर्फ इडेन ब्रिज एकेडेमी (इबीए) र छात्रा तर्फ स्वर्णिम स्कुलले उपाधी जितेका छन् ।

    IMG_4825 (1).JPG

    स्युचाटारस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा रेडियन्ट पब्लिकले पुष्पसदनलाई ४७-४१ ले पराजित गर्दै उपाधी हात पार्यो। त्यसैगरी सिनियर गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले आयोजक रेडियन्टलाई २३-१० ले हरायो। भने जुनियर ब्वाइज तर्फ इडेन ब्रिज एकेडेमी ग्रिनफिल्ड नेसनल स्कुललाई २१-१७ ले पछि पार्यो।

    IMG_5001.JPGIMG_4985.JPG

    प्रतियोगितामा सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने, सिनियर गर्ल्समा स्वर्णिमकी ओजस्वी बोहरा र जुनियर ब्वाइजमा इबीएका दिगविजयी पुरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जसमा रेडियन्टका न्यौपानेले २२ अंक जोडे। स्वर्णिमकी हिसी ल्हामु लामाले ११ स्कोर गरिन्। र जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्ड नेसनल इबीएका दिगविजय पुरीले ४ अंक बटुले।

    IMG_4976.JPG

    उक्त प्रतियोगितामा फाइनल खेलको उद्घाटन प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्नुभयो । कार्यक्रममा प्याब्सन बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सुर्य भण्डारी, आर बि अधिकारी, सचीव कृष्ण भण्डारी, नागार्जुन नगर अध्यक्ष वासुदेव घिमिरे, कीर्तिपुर अध्यक्ष रवि भण्डारी, लगाएत जिल्ला पदाधिकारीहरु, रेडियन्ट स्कुलका अध्यक्ष प्रभाकुमार पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले विजेता पुरस्कृत गरे।

    IMG_4939.JPG

    मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा यस ३२ विद्यालयका ४९ टिम सहभागी भएका थिए। सहभागी टिमहरूमा Senior Boys – २५ टिम, Junior Boys – १२ टिम, तथा Girls – १२ टिम रहेका थिए।

    IMG_4946.JPGIMG_4972.JPGIMG_4980 (1).JPGIMG_4990.JPGIMG_5019.JPG

    images
    बुधवार, मंसिर ११ २०८२१०:१२:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार