शुक्रवार, मंसिर २० २०८२
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले सहिद दशरथ चन्द स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयमा उपकुलपति (VC) नियुक्तिका लागि दुई पटक विज्ञापन खुला गरिँदा पनि कसैको निवेदन नपरेको जानकारी गराएका छन्। सामाजिक सञ्जाल फेसबूकमार्फत यस्तो जानकारी गराएका हुन्।
मन्त्रीपुनले मातृभूमिप्रति समर्पित, देशका लागि योगदान दिन इच्छुक योग्य व्यक्तिलाई उपकुलपति पदका लागि आवेदन दिन आग्रह गरेका छन्। मन्त्री पुनका अनुसार १० वर्षभन्दा बढी स्वास्थ्य सेवामा प्राध्यापक पदमा काम गरेको अनुभव भएको र देशप्रेमी मनोवृत्ति बोकेको कुनै नागरिकले आवेदन दिन आग्रह गएएका हुन्।
मन्त्री पुनले लेखेका छन्, 'सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दररथ चन्द स्वास्थ तथा बिज्ञान विश्वविद्यालयको उपकुलपति पदको लागि २ पटक विज्ञानपन गर्दा पनि कसैको निवेदन परेन। मातृभुमीलाई योगदान दिने उदेश्यले १० बर्ष स्वास्थ्य सेवामा प्रा.डा. भै काम गरेको नेपाल आमाको कोहि देशभक्त सन्तान हुनु हुन्छ भने आउनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्।'