Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटी : बिशेष मौका परिक्षाको लागि आवेदन फारम खुला

सिटिइभिटी : बिशेष मौका परिक्षाको लागि आवेदन फारम खुला

  • 471
    SHARES

  • सिटिइभिटी : बिशेष मौका परिक्षाको लागि आवेदन फारम खुला

    काठमाडौँ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले बिशेष मौका परिक्षाको लागि आवेदन फारम खुला गरेको। सिटिइभिटिको परीक्षा समितिको मिति २०८२ मंसिर १५ गतेको निर्णयानुसार आवेदन फारम खुला गरेको हो।

    परिषद्‌का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०७३/०७४ २ २०७४/०७५ (२०१६ र २०१७ इ.सं.) मा रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्ड/दोस्रो खण्ड, दोस्रो वर्ष प्रथम खण्ड/दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड/दोश्रो खण्ड तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीको लागि आवेदन फारम खुला गरेको जनाएको छ।

    साथै प्रि-डिप्लोमा तहको हकमा शैक्षिक शत्र २०७५/०७६ र २०७६/०७७ (२०७५ देखि २०७६ साल सम्म/२०१८ र २०१९ इ.सं.) मा रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूको विशेष मौका (आंशिक) परीक्षामा सहभागी हुनपाउने छन्।

    परिक्षा २०८३ जेठ महिनामा काठमाडौँ उपत्यकामा सञ्चालन हुने छ। सो परिक्षामा समावेस हुन सम्बन्धित शिक्षण संस्थाहरूले अनिवार्य रूपमा विद्यार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई मिति २०८२ माघ १५ देखि मिति २०८२ माघ २९ सम्म नियमित दस्तुरमा र मिति २०८२ फागुन ०१ देखि मिति २०८२ फागुन ०७ सम्ममा विलम्ब दस्तुरमा ITMS Online Entry गरी परिषद्‌का सम्बन्धित प्रदेश कार्यालयहरूमा बुझाउनु अनुरोध गरिएको छ।

    विस्तृत सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

    images
    बिहिवार, मंसिर २६ २०८२०६:३५:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार