Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिन अन्तर–विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

डिन अन्तर–विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

  • 677
    SHARES

  • डिन अन्तर–विद्यालय एकल गायन प्रतियोगिता सम्पन्न

    काठमाडौँ । डिन (Dynamic Educational Activities Association Nepal /DEAAN) द्वारा आयोजित तथा नवज्योती सेकेण्डरी स्कुलको संयोजनमा डिन अन्तर–विद्यालय एकल गायन प्रतियोगिता २०८२ सम्पन्न भएको छ। गत पुस ५ गते शनिवार राष्ट्रियगान रचनाकार आदरणीय प्रदिप कुमार राई (व्याकुल माइला)को प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न गरिएको थियो।

    IMG-20251222-WA0122.jpg

    प्रतियोगितामा १३ वटा डिन सदस्य विद्यालयहरूले जुनियर र सिनियर गरी दुई समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये जुनियर समूहमा ज्ञानमाला इङ्गलिस हाई स्कुल प्रथम,स्थान हासिल गरेको थियो। त्यस्तै सुभाष गुरुकुल नेशनल एकेडेमी द्वितीय, न्यु होली क्रस स्कुल तृतिय र विन्सम इङ्गलिस बोर्डिङ स्कुल चतुर्थ भएका थिए।

    सिनियर समूहतर्फ नेपाल सेन्ट्रल हाई स्कुलले प्रथम स्थान हासिल गरेको थियो। भने नवज्योती सेकेण्डरी स्कुल द्वितीय, एन्जल लर्ड एकेडेमी तृतिय र जागृती एकेडेमी चतुर्थ स्थान हासिल गरेका थिए।

    IMG-20251222-WA0117.jpg

    उक्त प्रतियोगितामा विजयी विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो। उक्त प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइला (राष्ट्रिय गान रचनाकार) लाई डिनको तर्फबाट सम्मान गरेको थियो

    उक्त प्रतियोगिता औपचारिक कार्यक्रमको सभापतित्व डिनका अध्यक्ष तथा प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष अनिलकुमार सुब्बाले गर्दै डिनका सचिव महेश पराजुलीले सञ्चालन गर्नुभएको थियो। संयोजक विद्यालय नवज्योती सेकेण्डरी स्कुलका प्रिन्सिपल रामप्रसाद ढुङ्गानाले अतिथिहरूलाई स्वागत गर्नु भएको थियो।

    IMG-20251222-WA0116.jpg

    प्रतियोगितामा वरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राई र प्रख्यात संगीतकार अशोक मुकारुङ निर्णायक मण्डलमा रहनुभएको थियो।

    कार्यक्रममा प्याब्सन काठमाडौँका उपाध्यक्ष तथा डिनका प्रमुख सल्लाहकार सुर्य बहादुर भण्डारी, उपाध्यक्ष धनबहादुर पुन, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष सुदिप अधिकारी, प्याब्सन काठमाडौँका सह–सचिव शिवप्रसाद अर्याल, कोषाध्यक्ष छेवाङ छेदर भुटिया लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो।

    images
    सोमवार, पौष ७ २०८२०८:१७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार