Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (NPCL) सम्पन्न; प्रोग्रेशिभले जित्यो उपाधी

प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (NPCL) सम्पन्न; प्रोग्रेशिभले जित्यो उपाधी

  • 389
    SHARES

  • प्रथम राष्ट्रव्यापी नेशनल प्याब्सन क्रिकेट लिग (NPCL) सम्पन्न; प्रोग्रेशिभले जित्यो उपाधी

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिद्वारा आयोजना गरिएको “नेशनल प्याब्सन क्रिकेट लिग (NPCL)–२०८२”  सम्पन्न भएको छ।

    IMG-20251225-WA0001~2.jpg

    काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला बुधबार सम्पन्न भएको क्रीकेट लिगको फाइनलमा प्रोग्रेसिभ स्कुलले पाणिनी स्कुल माथी २१ रनले जित हासिल गर्यो।

    उक्त क्रममा प्रोग्रेसिभ स्कुलका रुपेश शाहले ९९ रन र ५ विकेट लिदै मेन अफ द सिरिज घोषित भए भने फाइनल खेलमा ४१ रन बनाउने बिशाल बुढा मेन अफ द मेच घोषित भए।

    IMG-20251225-WA0042~2.jpg

    क्रीकेट लिगको फाइनल्मा विजेता तथा उपविजेता टोलीलाई क्रमशः नगद रु २५ हजार र २० हजार सहित ट्रफी र मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

    नेशनल प्याब्सन केन्द्रीय समितिका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख विष्णु पराजुलीका अनुसार क्रीकेट लिगले स्थानीय तहमा लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्नुका साथै नेपालभर क्रिकेट क्षेत्रमा भविष्य देख्ने विद्यालयस्तरका विद्यार्थीहरूबीच भाइचारा विकास गर्नु मुख्य उदेश्य रहेको बताउनुभयो। उहाँले आगामी वर्ष एक लाख भन्दा बढी पुरस्कारको ब्यबस्थासहित देशैभरबाट खेलाडी छनोट गरेर आयोजना गर्ने बताउनुभयो।

    IMG-20251225-WA0011~2.jpg

    कार्यक्रममा बोल्दै नेसनल प्याब्सनका महासचिव प्रकाश खड्काले नेशनल प्याब्सन क्रिकेट लिगले विद्यालयस्तरको क्रिकेटलाई संस्थागत गर्न र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याउने उदेश्यले क्रीकेट राष्ट्रिय लिगको आयोजना गरेको बताउनुभयो । उहाँले राष्ट्रिय क्रीकेट लिगलाई आगामी बर्ष अझै प्रभावकारी ढंगले आयोजना गर्ने जानकारी दिनुभयो।

    विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेकोले नेसनल प्याब्सनले राष्ट्रव्यापी रुपमा पढाई सँगसँगै सिसिए र इसिए कार्यक्रमहरु आयोजना गर्ने गरेको राष्ट्रिय अध्यक्ष सुवास न्यौपाने बताउनुहुन्छ। क्रीकेट नेपाली समाजमा एउटा क्रेजको रुपमा रहेको र क्रीकेटले संसारसामु देश चिनाउने माध्यम बनेकोले विद्यालय स्तरमा राम्रो खेलाडिहरुको पहिचान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अध्यक्ष न्यौपानेको भनाई छ।

    IMG-20251225-WA0019~2.jpg

    कृकेट लिग गत पुस ६ गतेबाट शुरु भएको थियो भने देशभरबाट ६ वटा टिमको सहभागी रहेको थियो । क्रीकेट लिगको संयोजकको रुपमा नेसनल प्याब्सन का केन्द्रिय सदस्य श्याम योन्जन रहनुभएको थियो।

    IMG-20251225-WA0033~2.jpg

    images
    बिहिवार, पौष १० २०८२०९:४५:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार