Oct 03 2026 | २०८३, आश्विन १७ गते

अबैध बैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा दिने संस्थाहरुबाट सेवा नलिन मन्त्रालयको अनुरोध

अबैध बैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा दिने संस्थाहरुबाट सेवा नलिन मन्त्रालयको अनुरोध

  • 541
    SHARES

  • अबैध बैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा दिने संस्थाहरुबाट सेवा नलिन मन्त्रालयको अनुरोध

    १४, पुस/ काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले अवैध रुपमा सञ्चालित बैदेशिक शैक्षिक परामर्श सेवा दिने संस्थाहरुबाट सेवा नलिन मन्त्रालयको अनुरोध गरेको छ। मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

    बैदेशिक अध्ययनका लागि विभिन्न देशमा पठाउने क्रममा केही शैक्षिक परामर्शदातृ संस्थाहरूले शिक्षण संस्था नभएका तालिम केन्द्रलाई शिक्षण संस्थाका रूपमा प्रस्तुत गर्ने, सम्बन्धित देशबाट औपचारिक मान्यता नपाएका संस्थाका नाममा अफर लेटर झिकाइ विद्यार्थी पठाउने जस्ता गतिविधिका कारण विद्यार्थीहरू ठगिने, अध्ययनका क्रममा विभिन्न समस्यामा पर्ने गरेको उजुरी प्राप्त भएको सुचनामा उल्लेख छ।

    विद्यार्थीहरू, सञ्चारमाध्यम, दर्तावाला चिकित्सकमार्फत शैक्षिक परामर्श व्यवसायमा संलग्न भई Code of Ethics and Professional Conducts, 2017 को उल्लङ्घन भएको विवरणसहित उजुरीहरू नेपाल मेडिकल काउन्सिल, नेपाल सरकारका कूटनीतिक नियोगहरूबाट प्राप्त भएको मन्त्रालयले जानाएको छ।

    शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ। तर, कतिपय उजुरीमा उल्लेख भएका संस्थाहरू मन्त्रालयको अभिलेखमा नदेखिँदा समस्या समाधान, अनुसन्धान तथा अनुगमनमा समेत प्रतिकूल असर परेको मन्त्रालयले स्पष्ट पारेको छ।

    मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूले मात्र बैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन, विद्यार्थी तथा अभिभावकहरूले पनि अनुमति प्राप्त संस्थाबाट मात्र सेवा लिन आग्रह गरेको छ। साथै, परामर्श सेवा उपलब्ध गराउँदा अफर लेटर प्राप्त शिक्षण संस्थाको सरकारी आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न र गलत वा भ्रामक सूचना तथा विज्ञापन नगर्न सबै सम्बन्धित पक्षलाई सूचित गरिएको छ।

    मन्त्रालयले शिक्षण संस्थाहरूको सरकारी आधिकारिकता जाँच गर्न तोकिएका आधिकारिक लिङ्क प्रयोग गर्न सकिने जानकारी दिएको छ। साथै, कुनै गुनासा भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सम्बन्धित शाखाको इमेल ठेगाना ecvs@moest.gov.np मार्फत जानकारी गराउन अभिभावक, विद्यार्थी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1767008609229.jpgFB_IMG_1767008611005.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार