Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहका लागि आवेदन फाराम खुला

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहका लागि आवेदन फाराम खुला

  • 334
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहका लागि आवेदन फाराम खुला

    १५, पुस/ विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गर्न लागेको १४औँ दीक्षान्त समारोहका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना सार्वजनिक गरेको छ।

    विश्वविद्यालयले एम.फिल, स्नातकोत्तर तथा स्नातक तहका विभिन्न समूह (ब्याच) मा भर्ना भई सम्बन्धित तह उत्तीर्ण गरी २०८१ साल पौष १७ गतेदेखि २०८२ साल पौष १६ गतेसम्म ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूले आवेदन दिन सक्ने जनाएको छ।

    विद्यार्थीहरूले मिति २०८२/१०/०४ (तदनुसार १८ जनवरी २०२६) सम्म, कार्यालय समयभित्र पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरमा सम्बन्धित क्याम्पसको प्रतिनिधि मार्फत वा स्वयं उपस्थित भई आवेदन फाराम दर्ता गराउनुपर्नेछ।

    आवेदन फाराम परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, सम्बन्धित क्याम्पस तथा परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट www.puexam.edu.np बाट डाउनलोड गर्न सकिनेछ।

    FB_IMG_1767072963798.jpg

    images
    मंगलवार, पौष १५ २०८२११:३५:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार