Oct 02 2026 | २०८३, आश्विन १६ गते

खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्न प्रशासन नियमावली संशोधन गरिने शिक्षामन्त्री

खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्न प्रशासन नियमावली संशोधन गरिने शिक्षामन्त्री

  • 474
    SHARES

  • खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्न प्रशासन नियमावली संशोधन गरिने शिक्षामन्त्री

    काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विश्वविद्यालय प्रशासनसम्बन्धी नियमावली संशोधन गरिने बताएका छन्।

    प्रा.डा. केशरजंग बरालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन शुक्रबार मन्त्री पुनलाई हस्तान्तरणको क्रममा मन्त्री पुनले बताएका हुन्।

    नेपाल खुला विश्वविद्यालयलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा कलेजमा उपस्थित हुन नसक्ने विद्यार्थीहरूलाई काम गर्दै पनि अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्य रहेको मन्त्री पुनको भनाइ छ। मन्त्री पुनका अनुसार कार्यदलले गहन अध्ययनपछि तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। ‘प्रतिवेदनका सुझावअनुसार अब नेपाल खुला विश्वविद्यालय द्रुतगतिमा अगाडि बढ्नेछ,’ उनले भने।

    उनले खुला विश्वविद्यालयमार्फत गाउँगाउँ, शहरबजार तथा विदेशमा कार्यरत जोकोहीले पनि टाढैबाट अध्ययन गर्न सक्ने अवसर सुनिश्चित गरिने बताए। यसले शिक्षा पहुँचबाट वञ्चित भएका वर्ग, श्रमिक तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विशेष लाभ पुग्ने मन्त्री पुनको धारणा छ।

    images
    शनिवार, पौष १९ २०८२०९:३८:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार