Jul 27 2026 | २०८३, श्रावण ११ गते

तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते माघ २३ देखि शुरु

तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते माघ २३ देखि शुरु

  • 517
    SHARES

  • तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते माघ २३ देखि शुरु

    काठमाडौँ । क्योकुशिन अलाइटड कराँते संघ नेपालको आयोजनामा तेस्रो क्योकुशिन अलाइड अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता माघ २३ गतेदेखि सुरु हुने भएको छ।

    सोमबार एक पत्रकार सम्मेलन गर्दै तेस्रो अन्तर्राष्ट्रिय, छैठौं मेयरकप राष्ट्रिय कराँते च्याम्पियनसीप नाघ २३ र २४ गते हुने जानकारी दिएको हो। काठमाडौँमा आयोजना हुने उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।

    IMG_6051~2.JPG

    प्रतियोगिताअन्तर्गत छैटौँ मेयर कप राष्ट्रिय तथा दशौँ केभिन रोहन मेमोरियल च्याम्पियनसिप र डान टेस्ट कार्यक्रम २०२६ पनि समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका सातै प्रदेशबाट करिब २०० खेलाडी विभिन्न डोजो बाट सहभागिता जनाउनेछन् भने भारतबाट अस्ट्रेलियाबाट र बंगलादेस खेलाडीको सहभागिता रहनेछ।

    प्रतियोगितामा विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। सहभागी सबै खेलाडीलाई समेत मेडल वितरण गरिनेछ। क्योकुशिन अलाइट कराते संघ नेपालका प्रमुख बिनोद गुरुङ र संरक्षक कृष्ण गुरुङले आफ्नै गाउँमा अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन्।

    images
    सोमवार, माघ ६ २०८२११:४९:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार