आइतवार, माघ १२ २०८२
काठमाडौँ, माघ ११ । डिन (Dynamic Educational Activities Association Nepal/ DEAAN) द्वारा आयोजित अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता २०८२ सम्पन्न गरेको छ। कोटेश्वरस्थित नेपाल सेन्ट्रल हाई स्कुलको संयोजनमा उक्त प्रतियोगिताको सम्पन्न भएको हो।

प्रतियोगिताको छात्रतर्फ एन्जल लर्ड एकेडेमी प्रथम, जागृती एकेडेमी दोस्रो, क्यानभास बोर्डिङ हाई स्कुल तेस्रो तथा विन्सम इङ्गलिस बोर्डिङ स्कुल चौथो स्थानमा विजयी भए।


त्यसैगरी छात्रातर्फ क्यानभास बोर्डिङ हाई स्कुल प्रथम, विन्सम इङ्गलिस बोर्डिङ स्कुल दोस्रो तथा न्यु होलीक्रस स्कुल तेस्रो स्थानमा सफल भए। उक्त प्रतियोगितामा छात्र तर्फ १३ र महिला तर्फ ६ टिम सहभागी थिए।


उक्त प्रतियोगितामा छात्रतर्फ देव श्रेष्ठ र छात्रातर्फ एन्जल खनाल मोस्ट भ्यालुएबल खेलाडी घोषणा भए।
प्याब्सनका महासचिव आर.वि. कट्वालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्याब्सन काठमाडौँका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, डिनका संरक्षक रमेश कुमार लिङ्देन, प्याब्सन काठमाडौँ तथा डिनका सल्लाहकार गोविन्द प्याक लिम्बु, डिनका संरक्षक टंक लिम्बु लगायतको गरिमामय उपस्थिति रहेको थियो।

डिनका अध्यक्ष तथा प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष श्री अनिलकुमार सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई डिनका सचिव श्री महेश पराजुलीले सञ्चालन गर्नुभएको थियो। प्याब्सन काठमाडौँका उपाध्यक्ष, डिनका प्रमुख सल्लाहकार तथा नेपाल सेन्ट्रल हाई स्कुलका प्राचार्य श्री सूर्य बहादुर भण्डारीले संयोजक विद्यालयको तर्फबाट स्वागत मन्तव्य राख्दै डिनको गतिविधिबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा डिन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश लिम्बु, उपाध्यक्ष राजनकुमार श्रेष्ठ, सहसचिव सञ्जीव ढुंगाना, सदस्य कमल पाण्डे तथा सदस्य विद्यालयका तर्फबाट मोतीहाङ योङहाङ र सरोज नेपालको समेत उपस्थिति रहेको थियो।

उक्त प्रतियोगितामा प्रमुख अतिथि प्याब्सनका महासचिव आर.वि. कट्वालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद अत्यन्त महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विद्यालय तहबाटै यस्ता अन्तर–विद्यालय प्रतियोगिताले अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकासमा टेवा पुर्याउने बताउनुभयो। उहाँले डिनले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिँदै निरन्तर यस्ता कार्यक्रम आयोजना गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो। साथै भविष्यमा पनि यस्ता खेलकुद गतिविधिमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनमा सबै विद्यालय तथा संस्थाहरूले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।

डिन अतिरिक्त विभागका संयोजक सञ्जीव ढुंगाना र कमल पाण्डेको संयोजनमा सम्पन्न प्रतियोगितामा डिन सदस्य विद्यालयका १६ टिमले सहभागिता जनाएका थिए।

