Oct 02 2026 | २०८३, आश्विन १६ गते

खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा ५४५ विद्यार्थी दीक्षित

खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा ५४५ विद्यार्थी दीक्षित

  • 522
    SHARES

  • खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा ५४५ विद्यार्थी दीक्षित

    काठमाडौँ। नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा ५४५ विद्यार्थी दीक्षित भएका छन्।

    आइतबार प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले विद्यार्थीलाई दीक्षित गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कुलपति पदकसमेत प्रदान गर्नुभयो ।

    FB_IMG_1769331499846.jpg

    दीक्षान्त समारोहमा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए।

    प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अवसरको खोजी गर्न र मुलुकको निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरिन्।

    उनले समस्याबाट भाग्ने नभइ आफैँ डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गरेर नेपालले गर्व गर्न सक्ने जिम्मेवार नागरिक बन्न उनले आग्रह गरिन्।

    खुला विश्वविद्यालय २०७३ सालमा स्थापना भएको हो र हाल यसले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा शिक्षा प्रदान गर्दै आएको छ।

    images
    आइतवार, माघ १२ २०८२०२:४१:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार