Jul 27 2026 | २०८३, श्रावण ११ गते

अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिका लागि आवेदन खुला

अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिका लागि आवेदन खुला

  • 474
    SHARES

  • अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिका लागि आवेदन खुला

    काठमाडौँ, माघ १२ । अष्ट्रेलिया सरकारले “Australia Awards Scholarships” अन्तर्गत सन् २०२७ मा सुरु हुने स्नातकोत्तर तहको अध्ययनका लागि आवेदन खुला गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै यही फेब्रुअरी २ देखि अप्रिल ३० सम्म दरखास्त दिन सकिने जानकारी दिएको हो।

    परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँस्थित अष्ट्रेलियन दूतावासबाट प्राप्त नोट भर्वलका आधारमा मन्त्रालयले सम्बन्धित सबै निकाय तथा इच्छुक आवेदकलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित गरेको जनाएको छ। उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत योग्य नेपाली विद्यार्थीले अष्ट्रेलियामा स्नातकोत्तर तहको अध्ययन गर्न अवसर प्राप्त गर्नेछन्।

    छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी, योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रिया मन्त्रालयको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ। साथै थप जानकारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा वा moekapra@gmail.com मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

    FB_IMG_1769428546793~2.jpgFB_IMG_1769428549167~2.jpgFB_IMG_1769428550630~2.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार