Jul 27 2026 | २०८३, श्रावण ११ गते

तेस्रो अन्तर्राष्ट्रिय क्योकुशिन अलाइड कराँते प्रतियोगिता उद्घाटन

तेस्रो अन्तर्राष्ट्रिय क्योकुशिन अलाइड कराँते प्रतियोगिता उद्घाटन

  • 555
    SHARES

  • तेस्रो अन्तर्राष्ट्रिय क्योकुशिन अलाइड कराँते प्रतियोगिता उद्घाटन

    काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय क्योकुशिन अलाइड कराँते प्रतियोगिता अन्तर्गत छैठौँ मेयर कप नेसनल तथा दशौँ केबिन रोहन मेमोरियल भ्याली च्याम्पियनसिप–२०२६ आज उद्घाटन भएको छ। दक्षिणकाली नगरपालिका–१ स्थित खहरे प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गर्नुभएको हो।

    IMG-20260206-WA0114.jpg

    उद्घाटन समारोहमा अष्ट्रेलियाका भाइस प्रेसिडेन्ट पिटर होगार्थ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, मित्रराष्ट्र भारतबाट आमन्त्रित अतिथि प्रसान्त दास र टूटन देब बर्माको उपस्थिति रहेको थियो। कार्यक्रममा संघका ब्रान्च चिफ विनोद गुरुङ, चन्द्र गोले, दीपक लामा, भिकारी शाह, दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल, फुल कन्ट्याक्ट कराँतेका प्रमुख कुमार श्रेष्ठलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    IMG-20260206-WA0106.jpg

    भव्य रूपमा सम्पन्न उद्घाटन समारोहपछि प्रतियोगिताका खेलहरू सुरु भएका छन्। प्रतियोगितामा विभिन्न तौल समूहमा २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। आज पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् भने सेमिफाइनल र फाइनल चरणका खेलहरू भोलि माघ २४ गते सोही स्थानमा सञ्चालन हुने आयोजक समितिले विद्यार्थी डट कमलाई जानकारी गराएको छ।

    IMG-20260206-WA0112.jpg

    अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताले नेपाली कराँते क्षेत्रलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। संघका नेपाल प्रमुख विनोद गुरुङले यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाललाई कराँतेको विश्व मानचित्रमा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो।

    IMG-20260206-WA0050.jpgIMG-20260206-WA0085.jpgIMG-20260206-WA0011.jpgIMG-20260206-WA0073.jpgIMG-20260206-WA0111.jpgIMG-20260206-WA0117.jpgIMG-20260206-WA0118.jpg

    images
    शुक्रवार, माघ २४ २०८२०९:३६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार