Jul 27 2026 | २०८३, श्रावण ११ गते

एकता र सहकार्यको सन्देशसहित प्याब्सन बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् भेला सम्पन्न

एकता र सहकार्यको सन्देशसहित प्याब्सन बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् भेला सम्पन्न

  • 447
    SHARES

  • एकता र सहकार्यको सन्देशसहित प्याब्सन बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् भेला सम्पन्न

    भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् भेला ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक पहिचान बोकेको सहर भक्तपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

    IMG-20260207-WA0216.jpg

    भेलाको अध्यक्षता PABSON बागमती प्रदेश अध्यक्ष मुरारी सन्जेलको सभापतित्व तथा प्याब्सन केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भयो। उक्त भेलामा प्याब्सन वरिष्ठ सल्लाहकार टिकाराम पुरी, प्याब्सन सहअध्यक्ष गोपाल प्रदाद आचार्य, उपाध्यक्ष किशोर गौतम, रबिन्स सर्मा, थकिन कुमार गुरुङ, महासचिव आरबि कटुवाल बिशिस्ट अतिथि रहेका थिए। उक्त भेलामा बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्ला, नगरपालिका तथा विद्यालय तहका अध्यक्षहरू, शिक्षाविद्, विद्यालय सञ्चालक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    IMG-20260207-WA0225.jpg

    भेलाको सफल आयोजना तथा व्यवस्थापनमा PABSON भक्तपुर जिल्ला अध्यक्षसहित सम्पूर्ण आयोजक टिमको भूमिका अत्यन्तै प्रशंसनीय रहेको थियो। भने योजनाबद्ध तयारी, अनुशासित व्यवस्थापन र सहभागितामूलक वातावरणका कारण कार्यक्रम उद्देश्यअनुसार सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष मुरारी प्रकाश संजेलको भनाइ छ।

    IMG-20260207-WA0153.jpg

    कार्यक्रमका क्रममा, आपसी सद्भाव र भक्तपुरको सांस्कृतिक नगर परिक्रमा समेटिएको थियो। यसले शिक्षा, संस्कृति र पहिचानबीचको सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

    IMG-20260207-WA0166.jpg

    भेलामा निजी शिक्षा क्षेत्रले नेपालमा शैक्षिक पहुँच विस्तार, गुणस्तर सुधार तथा प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणमा खेलेको भूमिकामाथि गम्भीर छलफल गरिएको थियो। निजी क्षेत्रको योगदान नेपालको शैक्षिक विकासमा उल्लेखनीय रहँदै आएको भन्दै सहभागीहरूले त्यसलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

    IMG-20260207-WA0158.jpg

    PABSON ले गुणस्तरीय शिक्षा, शिक्षक क्षमता विकास, विद्यार्थी केन्द्रित सिकाइ, प्रविधिमैत्री शिक्षण पद्धति तथा मूल्यमा आधारित शिक्षाको प्रवर्द्धनमा निरन्तर पहल गर्दै आएको उल्लेख गरिएको छ। निजी विद्यालयहरूले राज्यको शिक्षा प्रणालीलाई सहयोगी तथा पूरक रूपमा शैक्षिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको धारणा भेलामा व्यक्त गरिएको थियो।

    IMG-20260207-WA0188.jpg

    दोस्रो प्रदेश परिषद् भेलाले प्रदेश, जिल्ला र स्थानीय तहबीचको समन्वयलाई थप सुदृढ बनाउँदै निजी शिक्षा क्षेत्रलाई अझ उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउने साझा प्रतिबद्धता पुनः पुष्टि गरेको छ। एकता, सहकार्य र स्पष्ट उद्देश्यका साथ अघि बढेमा गुणस्तरीय शिक्षामार्फत राष्ट्रिय विकासमा ठोस योगदान दिन सकिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

    IMG-20260207-WA0185.jpg

    कार्यक्रमको समापनमा शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सबै सरोकारवालाबीच निरन्तर संवाद, सहकार्य र सामूहिक प्रयास अपरिहार्य रहेको सन्देश प्रवाह गरिएको छ। निजी क्षेत्र, राज्य र समाजबीचको सहकार्य नै नेपालको शैक्षिक भविष्य निर्माणको आधार हुने निष्कर्षसहित भेला सम्पन्न भएको जनाइएको छ।

    IMG-20260207-WA0205.jpg1770531177421.jpg1770531171276.jpgIMG-20260207-WA0143.jpg

    images
    आइतवार, माघ २६ २०८२१२:१०:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार