Oct 02 2026 | २०८३, आश्विन १६ गते

सानद्वारा अन्तर-विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न

सानद्वारा अन्तर-विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न

  • 740
    SHARES

  • सानद्वारा अन्तर-विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न

    काठमाडौं । स्कुल एसोसिएसन अफ नेपाल (सान/SAN) को आयोजनामा अन्तरविद्यालयस्तरीय समाचार वाचन प्रतियोगिता सानो भर्याङस्थित निक (NIC) एकेडेमीको अडिटोरियम हलमा भव्य रूपमा सम्पन्न भएको छ।

    IMG-20260209-WA0066.jpg

    कार्यक्रमका सभापतित्व सानका अध्यक्ष दिलिप रेग्मीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमेश्वर पन्त रहनुभएको थियो। यस्तै, बद्री पोखरेल विशेष अतिथि रहनुभएको कार्यक्रममा सानका उपाध्यक्ष प्रकाश मरासिनी, सचिव बाबुराम गौतमको समेत उपस्थिति रहेको थियो। सानका सह–सचिव रोशन घिमिरेले कार्यक्रमको उदेश्य त्यसको प्रभावकारिताबारे मन्तव्य राख्नुभएको थियो। भने निक एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मिले स्वागत मन्तव्य दिनुभएको थियो।

    IMG-20260209-WA0010.jpg

    सानमा आबद्ध १३ वटा विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता निकै हर्षोल्लास र सौहार्दपूर्ण वातावरणमा सञ्चालन भएको थियो। प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा समाचार वाचन, प्रस्तुति, आत्मविश्वास र सञ्चार सीपको विकास गर्नु रहेको आयोजकले जनाएको छ।

    IMG-20260209-WA0017.jpg

    प्रतियोगितामा प्रसिद्ध मोडल स्कुल प्रथम, लिटिल क्लाइम्बर्स स्कुलले द्वितीय तथा अन्नपूर्ण विद्या सदनले तृतीय स्थान हासिल गर्यो। उक्त प्रतिस्पर्धामा सनसाइन स्कुल चौथो, पिपुल्स फ्रेन्ड्सिप स्कुल पाँचौ र ग्लोबल भिजन स्कुलले छैठौं स्थान हासिल गरेको थियो। उक्त प्रतियोगितामा उत्कृष्ट ६ प्रतिस्पर्धिलआई ट्रफी, एडल र प्रमाणपत्र प्रदान गरिएको थियो।साथै सहभागी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260209-WA0050.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमेश्वर पन्तले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सञ्चार माध्यमप्रतिको रुचि बढाउनुका साथै भविष्यका सक्षम सञ्चारकर्मी उत्पादनमा टेवा पुग्ने बताउनुभयो। उहाँले सत्य, तथ्य र जिम्मेवार समाचार प्रस्तुत गर्न सक्ने जनशक्ति निर्माण आजको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

    IMG-20260209-WA0071.jpg

    त्यसैगरी सभापति दिलिप रेग्मीले सानले शैक्षिक गतिविधिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै यस्ता सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको बताउनुभयो। समाचार वाचन प्रतियोगिताले विद्यार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरेको उहाँको भनाइ थियो।

    IMG-20260209-WA0049.jpg

    समाचार वाचन प्रतियोगितामार्फत विद्यार्थीहरूले भविष्यमा विभिन्न सञ्चार माध्यममा आबद्ध भई देश र समाजलाई सत्यतथ्य सूचना प्रवाह गर्न सक्षम बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

    IMG-20260209-WA0020.jpgIMG-20260209-WA0039.jpgIMG-20260209-WA0074.jpgIMG-20260209-WA0078.jpg

    images
    सोमवार, माघ २७ २०८२०८:२३:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार