Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याव्सन क्रिकेट लिगका खेलाडीलाई खेल विज्ञान र अनुशासनबारे विशेष प्रशिक्षण

प्याव्सन क्रिकेट लिगका खेलाडीलाई खेल विज्ञान र अनुशासनबारे विशेष प्रशिक्षण

  • 225
    SHARES

  • प्याव्सन क्रिकेट लिगका खेलाडीलाई खेल विज्ञान र अनुशासनबारे विशेष प्रशिक्षण

    काठमाडौँ / फागुन ४ । प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा जारी ‘प्याव्सन क्रिकेट लिग अन्डर–१५’ प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको गौशालास्थित कार्यक्रममा ‘Building Future Champions: Sports Science and Performance for Young Athletes’ विषयक प्रशिक्षण प्रदान गरिएको हो।

    FB_IMG_1771299131844.jpg

    कार्यक्रममा Nepal Police का अवकाशप्राप्त डीआईजी तथा International Cricket Council (आईसीसी) का एन्टी–करप्सन म्यानेजर इश्वर कार्की र Tribhuvan University का विभागीय प्रमुख प्रो. पशुपति अधिकारीले सहभागी खेलाडीहरूलाई खेलकुद विज्ञान, खेल अनुशासन, इमानदारी तथा भविष्य निर्माणका विषयमा प्रशिक्षण दिनुभएको थियो।

    प्रशिक्षण कार्यक्रममा प्याव्सन काठमाडौँका अध्यक्ष नवराज भट्ट, प्याव्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानोराजा कार्की, B. P. Koirala Foundation का सदस्य–सचिव अतुल कोइराला, प्याव्सन क्रिकेट लिग टी–१५ का खेल संयोजक तथा Angels Sports Academy का अध्यक्ष खिम थापालगायतको उपस्थिति रहेको थियो।

    FB_IMG_1771299158989.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नवराज भट्टले प्याव्सन क्रिकेट लिग केवल प्रतियोगिता मात्र नभई नेपालको भावी पुस्ताका लागि बलियो खेल संस्कार निर्माण गर्ने आधार स्तम्भ भएको बताउनुभयो। उहाँले खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन गर्दै खेल संयोजक खिम थापाले खेलकुदलाई वैज्ञानिक दृष्टिकोणबाट अघि बढाउने उद्देश्यले ज्ञान, प्रेरणा र अनुभव साटासाट गर्ने वातावरण सिर्जना गरिएको बताउनुभयो।

    FB_IMG_1771299107699.jpg

    उक्त प्रशिक्षण कार्यक्रमले युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेलसँगै नैतिकता, अनुशासन र दीर्घकालीन खेल जीवनका लागि आवश्यक ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।

    FB_IMG_1771299151252.jpg

    FB_IMG_1771299116711.jpgFB_IMG_1771299143420.jpg

    images
    मंगलवार, फाल्गुण ५ २०८२११:३४:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार