Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान अन्तर–विद्यालय एसईई क्विज सफलतापूर्वक सम्पन्न

सान अन्तर–विद्यालय एसईई क्विज सफलतापूर्वक सम्पन्न

  • 715
    SHARES

  • सान अन्तर–विद्यालय एसईई क्विज सफलतापूर्वक सम्पन्न

    काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) लक्षित विषयवस्तुमा आधारित ‘सान अन्तर–विद्यालय एसईई क्विज–२०८१’ सफलतापूर्वक सम्पन्न भएको छ।

    IMG-20260225-WA0145.jpg

    सानोभर्‍याङस्थित कामना इन्टरनेशनल स्कुल/कलेजको प्राङ्गणमा Schools' Association of Nepal (SAN) द्वारा आयोजित उक्त क्विज प्रतियोगितामा सान आबद्ध १३ विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भमा कामना स्कुलका प्रिन्सिपल नवराज पाण्डे तथा कामना क्याम्पसका क्याम्पस प्रमुख महेश श्रेष्ठले प्रतियोगी विद्यार्थी तथा आमन्त्रित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।

    IMG-20260225-WA0153.jpg

    प्रतियोगितामा लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्न सफल भयो। प्रतियोगितामा पिपल्स फ्रेन्डसीप स्कुल द्वितीय, एन.आइ.सि. एकेडेमीले तृतीय स्थान हात पार्न सफल भए। त्यसैगरी बाटिका स्कुलले चौथो, फ्युचर स्टार इङ्लिस स्कुलले पाँचौँ तथा दिव्यकान्ती स्कुलले छैटौँ स्थान हासिल गरेका थिए। उत्कृष्ट छ टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य सहभागी विद्यार्थीहरूलाई समेत ट्रगी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260225-WA0185.jpg

    कार्यक्रमका सभापति तथा सानका अध्यक्ष दिलीप रेग्मी रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका–१५ की सदस्य मैयालक्ष्मी महर्जन को उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिका रूपमा नेशनल प्याब्सनका केन्द्रीय सचिव मनोज श्रेष्ठ, सानका सल्लाहकार युवराज बस्ताकोटी, सानका उपाध्यक्ष प्रकाश मरासिनी तथा सचिव बाबुराम गौतम, इडियु समिटका प्रिन्सिपल सन्जु प्रधान, ग्लोबल भिजनका प्रिन्सिपल चन्द्र वाग्लेलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    IMG-20260225-WA0137.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि महर्जनले एसईईसँग सम्बन्धित यस्ता क्विज प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै विषयगत ज्ञान र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    IMG-20260225-WA0180.jpg

    सल्लाहकार तथा वाटिका स्कुलका प्रिन्सिपल युवराज बस्ताकोटीले एसईई तयारीलाई प्रभावकारी बनाउन अभ्यासमूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै क्विजमार्फत विद्यार्थीले सिकाइलाई व्यवहारमा उतार्ने अवसर प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो।

    IMG-20260225-WA0173.jpg

    कार्यक्रमको समापन गर्दै सभापति दिलीप रेग्मीले एसईई लक्षित कार्यक्रमहरूले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा र सिर्जनशील सोच विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक सहभागितासहित निरन्तरता दिइने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।

    IMG-20260225-WA0168.jpg

    एसईई केन्द्रित उक्त अन्तर–विद्यालय क्विज प्रतियोगिताले विद्यार्थीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    IMG-20260225-WA0187.jpgIMG-20260225-WA0191.jpg

    images
    बिहिवार, फाल्गुण १४ २०८२१०:१७:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार