शनिवार, आषाढ २६ २०७८
काठमाडौ - त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतका सम्पुर्ण परिक्षाहरुको धमाधम परिक्षा तालिका सार्वजनिक गर्दैछ। कोभिड १९ महामारीको कारण रोकिएका सबै परिक्षाहरु साउन भित्र सक्नेगरि तालिका सार्वजनिक गरीसकेको छ। बिश्वबिद्धालयले भौतिक उपस्थिति मै परिक्षा लिने निर्णय गर्दै परिक्षाको मिति घोषणा गरेको हो।
त्रिभुवन बिश्वबिद्धालयको आफ्नै ब्यबस्थापन, राजनीतिक खिचातानी र पछिलो समय बिश्वब्यापी कोभिड महामारिको कारण परिक्षाहरु अस्तब्यस्त जस्तै भएका छन।
बिश्वबिद्धालयले परिक्षा तालिकाहरु सार्वजनिक त गर्यो तर कोभिड महामारी भौतिक उपस्थितिमा परिक्षा दिन नसकिने भन्दै विद्यार्थी भने आन्दोलन गर्न थालेका छन। बैकल्पिक विधि अनलाइनबाट सञ्चालन गर्न त्रिविका स्नातक प्रथम बर्ष २०७६ ब्याचका बिधार्थीहरूको माग छ। 
स्नातक तह प्रथम बर्षको परीक्षा साउन १० गते बाट संचालन गर्ने त्रिविले सुचना प्रकाशन गरिसकेको छ।
कोभिड १९ को तेस्रो लहरले सङ्कटकालीनको अवस्था रहेको भन्दै भौतिक उपस्थितिमा परिक्षा संचालन गरे जिवन नै जोखिमपुर्ण रहेको स्नातक प्रथम बर्षका बिधार्थीहरूको भनाइ छ। यसअघि नुवाकोट लगाएत विभिन्न ठाउमा कोभिड नयाँ डेल्टा भेरियन्ट देखिएको छ।

यता त्रिबि अधिकारीभने सबै ठाउमा ईन्टरनेटको पहुच नभएको भन्दै हाम्रो देशमा अनलाइन परिक्षा सान्दर्भिक नभएको बताउछन। अधिकारी भन्छन 'तपाई र म अनलाइनको पहुँचमा छौ भन्दैमा पहुँचमा नभएका ग्रामीण भेग पुगेका विद्यार्थीहरूको पनि समस्या बुझौं। उहाँहरु पनि परिक्षा दिन उत्साहित हुनुहुन्छ तर अनलाइनको पहुँच भित्र हुनुहुन्न। उहाँहरुको समस्या विद्यार्थीले नै नबुझीदिने हो भने अरु कस्ले भुझ्ने ? त्यसकारण अनलाइन परिक्षा सान्दर्भिक देखिदैन ' ।
उनी थप्छन 'यसो भनिरहदा यो महामारीमा भौतिक रुपमै उपस्थित भएर परिक्षा दिनुपर्छ भन्ने तर्क होइन। परिक्षा अत्ति अवस्यक छ बिगत २,३ बर्ष देखि एउटै तहमा बसिरहनु पर्दाको ठुलो मानसिक तनाव विद्यार्थीलाइ छ । यसमाट मुक्त बनाउन नसक्नु बिश्वबिद्धालय र सरकारको ठूलो त्रुटि हो।
त्रिभुवन बिश्वबिद्धालय अन्तरगत लाखौ विद्यार्थीहरु परिक्षा दिदैछन। एकातिर महामारीको मानसिक तनाब र अर्को तिर परिक्षा हलमा विद्यार्थी कसरी बस्छन यो भने अत्यन्तै जोखिम अवस्था छ।
यता अन्य बिश्वबिद्धालयहरु समेत आफू मातहतका सम्पुर्ण परिक्षाहरु भौतिक उपस्थिति मै गर्ने जनाएका छन। केही समय पश्चात् माद्यामिक तह कक्षा १२ को परिक्षा समेत भौतिक उपस्तिथि मै गर्ने निर्णय गरि सकेको छ।
यो अवस्थामा विद्यार्थीहरुको स्वास्थ सुरक्षाको अवस्था के हुन्छ ? यसको जवाफ खोजिनु पर्छ र संबंधित निकाय र सरकार जिम्मेवार ढंगले सोच्न जरुरी छ।
यसको एउटै विकल्प सम्पुर्ण शिक्षक र विद्यार्थीहरुको पिसिआर (PCR) परिक्षण गर्ने र विशेष स्वस्थ्य सुरक्षाका साथ परिक्षा हलमा उपस्तिथि गराउन सक्नुपर्छ । र चाँडो भन्दा चाँडो सम्पुर्ण शिक्षक विद्यार्थीहरुलाइ ब्याक्सिन को व्यवस्थागर्न जरुरी छ।
त्यसकारण यस तर्फ सरकारको बिशेश ध्यान जावस । तर अब पनि विभिन्न बहानामा परिक्षा स्थगित गरिनु अत्यन्तै घातक हुन्छ र यसले शिक्षा क्षेत्रमा दीर्घकालीन रुपमा नकारात्मक असर पार्नेछ ।