Jul 27 2026 | २०८३, श्रावण ११ गते

विविध सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरणसहित माइल स्टोन स्कुलको २० औँ वार्षिकोत्सव सम्पन्न

विविध सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरणसहित माइल स्टोन स्कुलको २० औँ वार्षिकोत्सव सम्पन्न

  • 667
    SHARES

  • विविध सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरणसहित माइल स्टोन स्कुलको २० औँ वार्षिकोत्सव सम्पन्न

    काठमाडौँ — नागार्जुन नगरपालिका–७ मा रहेको माइल स्टोन युथ इङ्लिस स्कुलको २० औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । फागुन २९ र ३० गते दुई दिन विद्यार्थीहरूले नेपालका विविध  संस्कृति ,जातजाति भेसभुसा, रीतिरिवाज झल्किने सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

    FB_IMG_1773502681169.jpg

    कार्यक्रमको पहिलो दिन फागुन २९ गते कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक शिवराम गिरिको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सन केन्द्रिय अध्यक्ष सुवास न्यौपाने रहेका थिए।

    IMG-20260314-WA0052.jpg

    विशेष अतिथिका रूपमा नागार्जुन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण बहादुर कुँवर , ना. न .पा वडा नं  ६ का वडा अध्यक्ष्य देवेन्द्र राज गिरी तथा नेसनल प्याब्सन नागार्जुनको अध्यक्ष चन्द्र क्षेत्री ,नागार्जुन प्याब्सन अध्यक्ष वासुदेव घिमिरे उपस्थित थिए।

    IMG-20260314-WA0102.jpg

    सो अवसरमा बोल्दै शिक्षा शाखा प्रमुख कुँवरले नागार्जुन नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेको बताए।

    IMG-20260314-WA0121.jpg

    प्रमुख अतिथि न्यौपानेले वर्षभरि विद्यार्थीहरूले तयार गरेका प्रस्तुति अभिभावकले प्रत्यक्ष अवलोकन गर्ने अवसर यस्ता कार्यक्रममा प्राप्त हुने बताए। उनले बालबालिकाको समग्र विकासका लागि विद्यालय मात्र नभई अभिभावकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै अभिभावक, विद्यालय र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध सुदृढ भए बालबालिकाको भविष्य उज्ज्वल हुने धारणा व्यक्त गरे। उनले अभिभावकले आफ्ना सन्तानको आनीबानी र क्षमताबारे बुझ्नुपर्नेमा समेत जोड दिए ।

    IMG-20260314-WA0161.jpg

    प्रिन्सिपल शिवराम गिरीले मन्तव्यका क्रममा  विद्यालय प्रशासनले अभिभावकको माया, विश्वास र सद्भावकै कारण विद्यालयले निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अभिभावकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

    IMG-20260314-WA0231.jpg

    विशेष अतिथि शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले विद्यालयले आधारभूत तह परीक्षा २०८१ मा नागार्जुन नगरपालिकाको  प्रथम हुन सफल भएकोमा विद्यालय परिवार ,विद्यार्थी ,अभिभावक र शिक्षकहरुलाई बधाई समेत दिनुभयो।

    IMG-20260314-WA0101.jpg

    कार्यक्रमको दोस्रो दिन फागुन ३० गते नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालय सञ्चालक समितिका अध्यक्ष बिनय गिरिको सभापतित्वमा संचालित  कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्का रहेका थिए। विशेष अतिथिका रूपमा वडा नं. ७ का अध्यक्ष शैलेन्द्र लामा तथा वडा नं. ८ का अध्यक्ष सुरज कुमार पोख्रेल सहभागी भएका थिए। उहाँहरूले यस विद्यालय नागार्जुनको उत्कृष्ट विद्यालय रहेको समेत धारणा व्यक्त गर्नु भयो।

    FB_IMG_1773502636710~2.jpg

    फागुन ३० गते दोस्रो दिन कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले विद्यालयले विद्यार्थीहरूको प्रतिभा विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताए। उनले विद्यालयले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न पनि यस्ता सांस्कृतिक तथा सह–पाठ्यक्रम गतिविधि आवश्यक रहेको उल्लेख गरे।

    FB_IMG_1773502572266~2.jpg

    अभिभावक, शिक्षक र विद्यालयबीचको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने बताउँदै खड्काले बालबालिकाको समग्र विकासका लागि सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। साथै उनले विद्यालयले दुई दशकदेखि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

    IMG-20260314-WA0051.jpg

    दुवै दिन विद्यार्थीहरूले उत्कृष्ट नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुती गरेका थिए। बालबालिकाको प्रतिभा र प्रस्तुति देखेर अभिभावकहरू अत्यन्त खुसी भएका थिए। कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।

    IMG-20260314-WA0234.jpg

    दुवै दिनको औपचारिक कार्यक्रम विद्यालयका सह प्रधानाध्यापक दिनेश भट्टराई, अतिरिक्तक्रियाकलाप संयोजक बिंदु गिरी र Montessori इन्चार्ज सविता पुरीले सञ्चालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमा विद्यार्थीहरुलेनै गरेका थिए।

    IMG-20260314-WA0179.jpgIMG-20260314-WA0179.jpgIMG-20260314-WA0062.jpgIMG-20260314-WA0262.jpgIMG-20260314-WA0284.jpgIMG-20260314-WA0188.jpgIMG-20260314-WA0233.jpgIMG-20260314-WA0141.jpgIMG-20260314-WA0147.jpgIMG-20260314-WA0208.jpgIMG-20260314-WA0169.jpgFB_IMG_1773502076646.jpg

    images
    शनिवार, फाल्गुण ३० २०८२०९:१८:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार