Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई २०८२: पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी, देशभर १,९६६ परीक्षा केन्द्र ।

एसईई २०८२: पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी, देशभर १,९६६ परीक्षा केन्द्र ।

  • 340
    SHARES

  • एसईई २०८२: पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी, देशभर १,९६६ परीक्षा केन्द्र ।

    राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी तीव्र गतिमा भइरहेको जनाएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले लिने उक्त परिक्षामा देशभरबाट ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका हुने भएका छन् । बोर्ड द्वारा सार्वजनिक तथ्यांकअनुसार यस वर्ष कुल ५ लाख ९ हजार ९ सय ६१ परीक्षार्थीले परीक्षा दिँदैछन्।

    त्यसमध्ये नियमिततर्फ ४ लाख ४६ हजार ५ सय ७६ विद्यार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ ६३ हजार ४ सय ८५ विद्यार्थी सहभागी भएका छन्। यसले अघिल्लो वर्षहरूको तुलनामा ग्रेड सुधार गर्ने परीक्षार्थीको उल्लेख्य संख्या देखाएको छ।

    यस वर्षको SEE परीक्षा देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन सम्बन्धित निकायहरूले आवश्यक तयारी पूरा गरेको जनाइएको छ।

    राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले एसईईको तयारी तीव्र रुपमा भइरहेको बताउँदै चैत्र १४ गतेसम्म सबै जिल्लामा परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य आवश्यक सामग्री पुर्‍याई सकिने बताए।

    परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटिने बोर्डले जनाएको छ। परीक्षालाई मर्यादित बनाउन चारै वटा सुरक्षा निकाय सम्मिलित केन्द्रीय सुरक्षा समितिसँग र जिल्ला जिल्लामा परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया भइरहेको बोर्डले जनाएको छ।

    चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकसाथ बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका कारण एसईई परीक्षा गतबर्षको भन्दा दुई साता पछि सारिएको हो। एसईईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ।

    images
    शुक्रवार, चैत्र १३ २०८२०८:०८:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार