Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौं विश्वविद्यालयमा पनि शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा लागू

काठमाडौं विश्वविद्यालयमा पनि शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा लागू

  • 423
    SHARES

  • काठमाडौं विश्वविद्यालयमा पनि शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा लागू

    धुलिखेल - काठमाडौं विश्वविद्यालयले अबदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालय द्वारा मिति २०८२ चैत २२ गते प्रकाशित राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ४७) अनुसार २०८२ चैत २३ गतेदेखि लागू भएको निर्णयलाई आधार मानेर विश्वविद्यालयले पनि सोही व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

    विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ चैत २६ गते बसेको ७६८औं बैठकले २०८२ चैत २९ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको जनाएको छ।

    विश्वविद्यालयका सबै स्कुलहरूमा सञ्चालन हुने शैक्षिक क्यालेन्डर भने प्रभावित नहुने गरी आवश्यक व्यवस्थापन गरिनेछ। सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गतका कक्षाहरू विद्यमान क्रेडिट आवर र वार्षिक कक्षाभारमा कुनै प्रतिकूल असर नपर्ने गरी सम्बन्धित स्कुलहरूले समय तालिका मिलाउनेछन्।

    यसका लागि स्कुलका डिनहरूलाई आवश्यक अधिकार प्रत्यायोजन गरिएको विश्वविद्यालयले जनाएको छ। यस्तै, शैक्षिक कार्यक्रमको प्रकृति अनुसार शिक्षण अस्पताल लगायत सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन भइरहेका कार्यक्रमहरूमा आवश्यक लचकता अपनाउँदै सम्बन्धित स्कुलका डिनहरूले समयसारिणी निर्धारण गर्न सक्नेछन्।

    सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरूका हकमा भने सम्बन्धित स्कुलका डिन तथा परीक्षा नियन्त्रकसँग समन्वय गरी समय तालिका निर्धारण गर्ने अधिकार सम्बन्धित कलेजका प्राचार्यलाई प्रदान गरिएको पनि विश्वविद्यालयले स्पष्ट पारेको छ।

    FB_IMG_1775751812174.jpg

    images
    बिहिवार, चैत्र २६ २०८२१०:१३:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार