Oct 02 2026 | २०८३, आश्विन १६ गते

काठमाडौं विश्वविद्यालयमा प्रत्यक्ष निर्वाचनको माग गर्दै विद्यार्थीद्वारा प्रशासन घेराउ

काठमाडौं विश्वविद्यालयमा प्रत्यक्ष निर्वाचनको माग गर्दै विद्यार्थीद्वारा प्रशासन घेराउ

  • 176
    SHARES

  • काठमाडौं विश्वविद्यालयमा प्रत्यक्ष निर्वाचनको माग गर्दै विद्यार्थीद्वारा प्रशासन घेराउ

    काठमाडौँ – काठमाडौं विश्वविद्यालय मा विद्यार्थी कल्याण परिषद्को निर्वाचन प्रणालीलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। प्रशासनले स्कुल अफ साइन्स तथा इन्जिनियरिङ अन्तर्गत कक्षा प्रतिनिधि (सीआर) मार्फत अप्रत्यक्ष निर्वाचन गराउने तयारी गरेपछि विद्यार्थीहरूले विरोध जनाउँदै प्रशासनिक भवन घेराउ गरेका हुन्।

    सोमबार बिहानैदेखि सयौँको संख्यामा विद्यार्थीहरू प्रशासनिक भवन परिसरमा भेला भई नाराबाजी गरेका थिए। उनीहरूले ‘सीआर प्रणाली खारेज गर’, ‘प्रत्यक्ष निर्वाचन लागू गर’ जस्ता नारासहित जागरण गीत प्रस्तुत गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका छन्। प्रदर्शनमा विश्वविद्यालयभित्र सक्रिय विभिन्न विद्यार्थी संगठनहरूको पनि ऐक्यबद्धता देखिएको छ।

    आन्दोलनरत विद्यार्थीहरूले विगतमा सीआर प्रणाली अपनाउँदा प्रतिनिधि किनबेच हुने, अपारदर्शिता बढ्ने र सीमित समूहको प्रभाव रहने गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, प्रत्यक्ष निर्वाचनमार्फत मात्रै सबै विद्यार्थीको सहभागिता सुनिश्चित भई लोकतान्त्रिक अभ्यास सुदृढ हुन सक्छ।

    विद्यार्थीहरूले यसअघि २०८२ सालमा प्रत्यक्ष निर्वाचन गर्ने भनी जारी गरिएको सूचनाबाट प्रशासन पछि हटेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले उक्त निर्णय कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

    यता विश्वविद्यालय प्रशासन भने निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताइएको छ। संवादमार्फत समस्या समाधानको प्रयास पर्याप्त नभएको भन्दै विद्यार्थीहरूले प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

    घटनाले विश्वविद्यालयभित्र विद्यार्थी अधिकार, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको विषयमा नयाँ बहस सुरु गराएको छ।

    images
    मंगलवार, बैशाख १५ २०८३१२:५९:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार