Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्वविद्यालयमा उपकुलपति छनोटका लागि ३ सदस्यीय समिति गठन : मेरिट प्रणाली लागू गर्ने ।

विश्वविद्यालयमा उपकुलपति छनोटका लागि ३ सदस्यीय समिति गठन : मेरिट प्रणाली लागू गर्ने ।

  • 431
    SHARES

  • विश्वविद्यालयमा उपकुलपति छनोटका लागि ३ सदस्यीय समिति गठन : मेरिट प्रणाली लागू गर्ने ।

    काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह ले विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन नयाँ पहल थालेका छन्। यसअन्तर्गत शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

    समितिको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन् ।

    सरकारले खुला प्रतिस्पर्धामार्फत मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने तयारी गरेको जनाएको छ। यससम्बन्धी सार्वजनिक सूचना भोलिसम्म जारी गरिने तयारी रहेको छ। सूचना जारी भएपछि योग्य उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।

    नाम छनोट गर्न विज्ञ समिति पनि बनाउने तयारी रहेको शिक्षा मन्त्रालय निकट स्रोतले बताएको छ । विज्ञको टिमले नाम छनोट गरेर शिक्षामन्त्रीको अध्यक्षतामा गठिन समितिलाई पेस गर्नेछ । मेरिटको आधारमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको जनाइएको छ।

    यसबीच, नयाँ उपकुलपति नियुक्ति प्रक्रिया पूरा नहुँदासम्म विश्वविद्यालयहरूको प्रशासन सञ्चालनमा समस्या नआओस् भनेर डिनहरूमध्येबाट निमित्त उपकुलपति तोक्ने तयारी गरिएको छ।

    सरकारको यो कदमले विश्वविद्यालयहरूमा राजनीतिक प्रभाव घटाउँदै योग्यता, क्षमता र प्रतिस्पर्धालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

    images
    बुधवार, बैशाख २३ २०८३०५:२१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार