Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिमा डिप्लोमा तहमा छात्रवृत्तिका लागि आवेदन खुल्यो

सिटिइभिटिमा डिप्लोमा तहमा छात्रवृत्तिका लागि आवेदन खुल्यो

  • 461
    SHARES

  • सिटिइभिटिमा डिप्लोमा तहमा छात्रवृत्तिका लागि आवेदन खुल्यो

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको स्कुल अफ हेल्थ साइन्स ले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिसहित भर्ना आवेदन खुलाएको छ। शिक्षालयले विभिन्न कार्यक्रम तथा कोटामा अनलाइन आवेदन फाराम भर्न सूचना जारी गरेको हो।

    सूचनाअनुसार वर्गीकृत तथा विशेष छात्रवृत्ति कोटाको आवेदन भने परिषद्को परीक्षा नियन्त्रण कार्यालयले छुट्टै सूचना जारी गरेपछि मात्रै खुलाइनेछ। इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। भर्नाका लागि एसईई वा एसएलसी उत्तीर्ण हुनुपर्नेछ। अक्षराङ्कन प्रणाली लागू हुनुअघि अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयसहित एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने अक्षराङ्कन प्रणाली लागू भएपछि एसईईमा न्यूनतम २.० GPA प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

    विद्यार्थी छनोट एसईईमा प्राप्त GPA तथा विद्यालयको आधारमा गरिनेछ। सामुदायिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई थप १ अंकभार तथा संस्थागत विद्यालयबाट उत्तीर्णलाई ०.८५ अंकभार प्रदान गरिने जनाइएको छ।

    आवेदनका लागि एसईई/एसएलसीको लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नागरिकता वा जन्मदर्ता, पासपोर्ट साइज फोटो लगायतका कागजात स्क्यान गरेर अपलोड गर्नुपर्नेछ। विदेशबाट अध्ययन पूरा गरेका विद्यार्थीले समकक्षता प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ।

    FB_IMG_1778633708752.jpgFB_IMG_1778633711401.jpg

    images
    बुधवार, बैशाख ३० २०८३०६:४४:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार