बुधवार, जेठ ६ २०८३
काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएकामा ८ विश्वविद्यालयमा गरी कुल २१८ जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालय मा परेको छ।
मन्त्रालयका अनुसार उपकुलपति पदका लागि आवेदन संख्या यस प्रकार रहेको छः
त्रिभुवन विश्वविद्यालय – ५० आवेदन
पूर्वाञ्चल विश्वविद्यालय – ३८ आवेदन
पोखरा विश्वविद्यालय – ३८ आवेदन
सुदूरपश्चिम विश्वविद्यालय – १९ आवेदन
मध्यपश्चिम विश्वविद्यालय – २० आवेदन
लुम्बिनी बौद्ध विश्वविद्यालय – ११ आवेदन
कृषि तथा वन विज्ञान विश्वविद्यालय – १५ आवेदन
राजर्षि जनक विश्वविद्यालय – २७ आवेदन
जम्मा २१८ आवेदन प्राप्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार अनलाइन माध्यमबाट आवेदन संकलन गरेको हो।
