Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान अन्तरविद्यालय मेण्टल म्याथ क्विज प्रतियोगिता भब्य रुपामा सम्पन्न ।

सान अन्तरविद्यालय मेण्टल म्याथ क्विज प्रतियोगिता भब्य रुपामा सम्पन्न ।

  • 757
    SHARES

  • सान अन्तरविद्यालय मेण्टल म्याथ क्विज प्रतियोगिता भब्य रुपामा सम्पन्न ।

    काठमाडौं । स्कुल्स एसोसिएसन अफ नेपाल (सान) को आयोजनामा ‘सान अन्तरविद्यालय Mental Maths Quiz प्रतियोगिता–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। छाउनीस्थित Schools Association of Nepal (SAN) अन्तर्गत आबद्ध विद्यालयहरूको सहभागितामा आयोजित प्रतियोगिता फ्युचर स्टार स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो।

    IMG-20260608-WA0018.jpg

    कार्यक्रमको उद्घाटन सानका अध्यक्ष दिलीप रेग्मी, उपाध्यक्ष प्रकाश मरासिनी, सचिव बाबुराम गौतम तथा फ्युचर स्टार स्कुलका प्रधानाध्यापक प्रोशन राजभण्डारीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उक्त कार्यक्रममा फ्युचर स्टार इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल  मनोज श्रेष्ठ, सोफिज स्कुलका प्रिन्सिपल अजित पाण्डे, ग्लोबल भिजनका प्रिन्सिपल चन्द्र वाग्ले लगाएत विभिन्न स्कुलहरुका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

    प्रतियोगिता उद्घाटन सत्रमा फ्युचर स्टार स्कुलको म्युजिकल ब्यान्डले आकर्षक अर्केष्ट्रा प्रस्तुत गरेको थियो भने नेवारी सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    IMG-20260608-WA0033~2.jpg

    विद्यार्थीहरूको तार्किक क्षमता, मानसिक चपलता तथा गणनात्मक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १७ वटा विद्यालयको सहभागिता रहेको थियो।

    प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा अन्नपूर्ण विद्या सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी काठमाडौं मोडेल स्कुल दोस्रो, पिपुल्स फ्रेन्ड्सिप एकेडेमी तेस्रो, प्रेरणा ज्ञान वाटिका चौथो, एनआईसी एकेडेमी पाँचौँ तथा बोधिसत्व स्कुल छैटौँ स्थानमा रहे।

    IMG-20260607-WA0148.jpgIMG-20260607-WA0144.jpg

    प्रतियोगिताको समापन समारोहमा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। प्रथम, द्वितीय, तृतीय र चौथो, पाँचौ र छैठौंलाईपनि ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै सहभागी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

    IMG-20260607-WA0149.jpg

    कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका शिक्षा विभागका विद्यालय निरीक्षक लक्ष्मी पौडेलले सानको पहलको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। विशेषगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गरिएको मानसिक गणित प्रतियोगिताले उनीहरूको आत्मविश्वास, एकाग्रता र सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।

    IMG-20260608-WA0015.jpg

    अध्यक्ष दिलीप रेग्मीले विद्यार्थीहरूको चौतर्फी विकासका लागि आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै, प्रधानाध्यापक प्रोशन राजभण्डारीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

    IMG-20260608-WA0048.jpg

    सानको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताले बालबालिकामा गणितप्रतिको रुचि बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

    IMG-20260608-WA0019.jpgIMG-20260607-WA0141.jpgIMG-20260607-WA0143.jpg

    images
    सोमवार, जेठ २५ २०८३०७:१६:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार