Jul 27 2026 | २०८३, श्रावण ११ गते

नवीन ज्योति स्कुलद्वारा ४.० जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ पुरस्कार

नवीन ज्योति स्कुलद्वारा ४.० जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ पुरस्कार

  • 967
    SHARES

  • नवीन ज्योति स्कुलद्वारा ४.० जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ पुरस्कार

    काठमाडौं, असार ३० — नागार्जुन–८ स्थित श्री नवीन ज्योति इङ्गलिस स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान, बधाई तथा विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको २१औँ ब्याचका विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो।

    FB_IMG_1781533358947.jpg

    विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता रिमालको सभापतित्व तथा नागार्जुन नगरपालिकाकी कार्यवाहक मेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागार्जुन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवर, वडा नं. ८ का अध्यक्ष सुरजकुमार पोखरेल, तथा नागार्जुन प्याब्सनका अध्यक्ष वासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो।

    FB_IMG_1781533451901.jpg

    कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले नागार्जुन नगरपालिकाभित्र रहेका विद्यालयहरूमध्ये नवीन ज्योति इङ्गलिस स्कुलले अत्यन्त सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, संस्कार र विद्यार्थीको समग्र विकासमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

    FB_IMG_1781533394352.jpg

    यस अवसरमा एसईई २०८२ मा ४.० जीपीए प्राप्त गर्न सफल विद्यार्थी आर्या ढकाललाई विद्यालयले नगद रु. ५० हजार ५ रुपैयाँ सहित सम्मान गरेको थियो। विद्यालयका अनुसार आर्याको उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। कार्यक्रममा आर्या ढकाललाई विशेष सम्मानपत्र तथा पुरस्कार प्रदान गर्दै उपस्थित अतिथिहरूले उनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।

    FB_IMG_1781533360800.jpg

    कार्यक्रममा प्रमुख अतिथि सुशीला अधिकारीले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले विद्यालयले निरन्तर रूपमा शैक्षिक उत्कृष्टता कायम राखेको भन्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।

    FB_IMG_1781533416067.jpg

    विद्यालयका प्रधानाध्यापक सुरेश महतोले विद्यालयले शिक्षा, अनुशासन र उत्कृष्टतालाई मूल मन्त्रका रूपमा अघि बढाउँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूको सफलताले विद्यालयको शैक्षिक प्रतिबद्धता पुष्टि गरेको बताउनुभयो। उहाँले एसईई पूरा गरेका विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै विद्यालय सहप्राध्यापक सुवास पुरिले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई सहित आगामी भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

    FB_IMG_1781533398526.jpg

    उक्त कार्यक्रममा एक जना अभिभावक निरंजन महतोले उत्कृष्ट नतिजा ल्याउनमा अथक मिहेनत गर्ने शिक्षकहरूलाई रुद्राक्षको माला लगाएर सम्मान गरेको थियो। साथै कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए। सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक र स्मरणीय बनाएको थियो।

    FB_IMG_1781533366715.jpgFB_IMG_1781533386736.jpg

    images
    सोमवार, आषाढ १ २०८३०८:३५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार