Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि इन्जिनियरिङ प्रवेश परीक्षाको तालिका संशोधन, आवेदन साउन १ गतेसम्म

त्रिवि इन्जिनियरिङ प्रवेश परीक्षाको तालिका संशोधन, आवेदन साउन १ गतेसम्म

  • 208
    SHARES

  • त्रिवि इन्जिनियरिङ प्रवेश परीक्षाको तालिका संशोधन, आवेदन साउन १ गतेसम्म

    काठमाडौँ, असार ३— त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको प्रवेश परीक्षा बोर्ड–२०८३ ले स्नातक तह (B.E./B.Arch) प्रवेश परीक्षा सम्बन्धी कार्यतालिका संशोधन गरेको छ। इन्जिनियरिङ अध्ययन संस्थान, विद्यापरिषद्को असार २ गतेको निर्णयअनुसार प्राविधिक कारणले यसअघि प्रकाशित प्रवेश परीक्षा तालिकामा संशोधन गरिएको हो।

    बोर्डले गोरखापत्रमा प्रकाशित पूर्व तालिकालाई परिमार्जन गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको जनाएको छ। संशोधित तालिकाअनुसार अनलाइन आवेदन फाराम भर्ने अवधि असार २३ गतेदेखि साउन १ गतेसम्म कायम गरिएको छ। यस्तै, प्रवेश परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने जनाइएको छ।

    प्रवेश परीक्षा बोर्डले निर्धारित समयभित्र अनलाइन आवेदन प्रक्रिया पूरा गर्न तथा अद्यावधिक सूचनाहरू नियमित रूपमा अध्ययन गर्न सबै इच्छुक विद्यार्थीलाई आग्रह गरेको छ।

    यस संशोधनसँगै प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले नयाँ तालिकाअनुसार आफ्नो अध्ययन र आवेदन प्रक्रिया मिलाउनुपर्ने भएको छ।

    1781662584307.jpg

    images
    बुधवार, आषाढ ३ २०८३०८:०७:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार