Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १ हजार ९२८ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १ हजार ९२८ विद्यार्थी दीक्षित

  • 248
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १ हजार ९२८ विद्यार्थी दीक्षित

    वीरेन्द्रनगर, असार ३ — मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह, १८औँ सभा (सिनेट) बैठक तथा १६औँ वार्षिकोत्सव बुधबार भव्य रूपमा सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित समारोहमा विभिन्न ग्र्याजुएट स्कूलका १ हजार ९ सय २८ विद्यार्थी दीक्षित भएका छन्।

    समारोहका अध्यक्ष तथा नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल ले कर्णाली प्रदेशस्थित विश्वविद्यालयको पूर्वाधार विकास, बजेट तथा आवश्यक दरबन्दी व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    FB_IMG_1781705011170.jpg

    उहाँले बदलिँदो विश्व परिवेशअनुसार विश्वविद्यालयहरूले आफूलाई निरन्तर पुनर्मूल्याङ्कन र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै मध्यपश्चिम विश्वविद्यालयले कर्णालीको शैक्षिक रूपान्तरणको नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो।

    समारोहमा सहकुलपति पोखरेलले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पदक वितरण गर्नुभएको थियो। विश्वविद्यालयका उपकुलपति नारायणप्रसाद पौडेल ले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै, रजिष्ट्रार सहप्राध्यापक अर्जुनबहादुर अयडी ले सिनेट बैठक तथा दीक्षान्त समारोह सञ्चालन गर्नुभएको थियो।

    दीक्षान्त समारोहका प्रमुख वक्ता तथा केदारभक्त माथेमा ले उच्च शिक्षाले व्यक्तिको जीवनस्तर मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत गतिशील बनाउने भएकाले उच्च शिक्षा संस्थाहरूको विकासमा सरकार र सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले विश्वविद्यालय स्थापनामा योगदान पुर्‍याउने व्यक्तित्वहरूको स्मरण गर्दै दीक्षित विद्यार्थीहरूलाई देश र समाजप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो।

    १८औँ सिनेट बैठकले दीक्षित हुने विद्यार्थीहरूको ग्रेसलिस्ट पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्ताव आवश्यक संशोधनसहित स्वीकृत गरेको विश्वविद्यालयले जनाएको छ।

    सिनेट बैठकलाई सम्बोधन गर्दै यमलाल कँडेल ले जनताको लामो संघर्षबाट स्थापित विश्वविद्यालयको विकास र विस्तारमा संघ, प्रदेश र स्थानीय सरकार सबैको साझा दायित्व रहेको बताउनुभयो। विश्वविद्यालयलाई सहयोग गर्ने कार्यको सुरुवात भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा थप सहकार्यको प्रतिबद्धता जनाउनुभयो।

     

     

    images
    बुधवार, आषाढ ३ २०८३०७:५३:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार