Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा आवेदन खुला

पूर्वाञ्चल विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा आवेदन खुला

  • 206
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा आवेदन खुला

    काठमाडौं, असार ९ – पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको इञ्जिनियरिङ संकायले शैक्षिक सत्र २०८३/०८४ (सन् २०२६) का लागि स्नातक तहका विभिन्न इञ्जिनियरिङ तथा आर्किटेक्चर कार्यक्रमहरूको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ।

    संकायद्वारा प्रकाशित सूचनाअनुसार BE (Civil, Computer, Electronics Communication & Automation, Electrical, Geomatic तथा Biomedical) र B.Arch. कार्यक्रमहरूमा नयाँ भर्नाका लागि आवेदन माग गरिएको हो। इच्छुक विद्यार्थीहरूले आफू अध्ययन गर्न चाहेको क्याम्पस तथा कार्यक्रम छनोट गरी अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

    अनलाइन आवेदनका लागि

    www.pufoe.edu.np

    https://entrance.kathmandu.gov.np/

    आवेदन फाराम आगामी असार १ गते अपराह्न २ बजेदेखि खुला गरिएको छ भने साउन २४ गते राति १२ बजेसम्म सामान्य शुल्कमा आवेदन दिन सकिनेछ। सामान्य आवेदन शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। यस्तै, साउन २६ गतेसम्म विलम्ब शुल्कसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ, जसका लागि तीन हजार रुपैयाँ शुल्क लाग्नेछ।

    विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो तथा आवश्यक अन्य कागजातहरूको स्क्यान प्रतिलिपि अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। नेपाल बाहिरबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले सम्बन्धित निकायबाट प्राप्त समकक्षता प्रमाणपत्र पनि संलग्न गर्नुपर्नेछ।

    विश्वविद्यालयले यस वर्ष पनि छात्रवृत्ति व्यवस्थालाई निरन्तरता दिएको छ। एकीकृत छात्रवृत्ति कार्यविधिअनुसार कुल १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ, जसमा ५ प्रतिशत जेहेन्दार तथा ५ प्रतिशत आरक्षित समूहका विद्यार्थीहरूका लागि छुट्याइएको छ।

    कक्षा १२ वा सो सरहको परीक्षाको नतिजा प्रतीक्षामा रहेका विद्यार्थीहरूले समेत कक्षा ११ र १२ को ग्रेडसिट संलग्न गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।

    प्रवेश परीक्षा सञ्चालन हुने मिति र परीक्षा केन्द्रको विवरण भने पछि सार्वजनिक गरिने जनाइएको छ।

    FB_IMG_1782264763275.jpg

    images
    बुधवार, आषाढ १० २०८३०७:४८:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार