Jul 27 2026 | २०८३, श्रावण ११ गते

विभिन्न ६ बुँदे माग राख्दै माइतीघरमा त्रिवि आइओएम (एमबिबिएस तथा बिडिएस) विद्यार्थीहरूको प्रदर्शन

विभिन्न ६ बुँदे माग राख्दै माइतीघरमा त्रिवि आइओएम (एमबिबिएस तथा बिडिएस) विद्यार्थीहरूको प्रदर्शन

  • 148
    SHARES

  • विभिन्न ६ बुँदे माग राख्दै माइतीघरमा त्रिवि आइओएम (एमबिबिएस तथा बिडिएस) विद्यार्थीहरूको प्रदर्शन

    काठमाडौँ, असार ३० – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन (IOM) का MBBS तथा BDS विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

    विद्यार्थीहरूले लामो समयदेखि लागू रहेको पाठ्यक्रम तथा परीक्षा प्रणालीमा सुधार, परीक्षा व्यवस्थापनलाई विद्यार्थीमैत्री बनाउन तथा मानसिक स्वास्थ्य र शैक्षिक भविष्य सुरक्षित गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

    विद्यार्थीका मागहरू :

    • १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणली तत्काल परिवर्तन गरियोस् !

    • ब्याच डूप (Batch Drop) प्रणाली खारेज गरियोस् !

    • Objective र Subjective दुबै प्रकारका प्रश्न समावेश गरियोस् !

    • परीक्षाको तालिका व्यावहारिक बनाई पर्याप्त तयारीको समय सुनिश्वित गरियोस् !

    • Attempts को संख्या वृद्धि गरियोस् ! (1st Year: 8 Attempts 2nd Year: 6 Attempts) • विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्य सुरक्षा गरियोस् !

    विद्यार्थीहरूले आफ्ना मागहरूको शीघ्र सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक नीति तथा परीक्षा प्रणालीमा परिवर्तन गर्न माग गरेका छन्।

    images
    मंगलवार, आषाढ १६ २०८३०४:३३:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार