Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न, १ हजार ५२७ विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न, १ हजार ५२७ विद्यार्थी दीक्षित

  • 195
    SHARES

  • काठमाडौँ  विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न, १ हजार ५२७ विद्यार्थी दीक्षित

    काभ्रेपलाञ्चोक, १९ असार। काठमाडौं विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोहमा १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन्। यस वर्षको दीक्षान्त समारोह पहिलोपटक प्रधानमन्त्री तथा कुलपतिको अनुपस्थितिमा शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो।

    मन्त्री पोखरेल स्वयं चार वर्षअघि काठमाडौं विश्वविद्यालयबाट दीक्षित पूर्वविद्यार्थी हुन्। समारोहमा विश्वविद्यालयका विभिन्न स्कुलका स्नातक, स्नातकोत्तर तथा अनुसन्धान तहका विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो।

    विश्वविद्यालयका अनुसार स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका २०७ जना गरी कुल १ हजार ५२७ विद्यार्थी दीक्षित भएका हुन्।

    दीक्षितमध्ये विद्यावारिधि (पीएचडी) तहका २१, एमफिल तथा रिसर्च तहका ९३, स्नातकोत्तर तहका २७९, पीजीडीई तहका २ तथा स्नातक तहका १ हजार १३२ जना रहेका छन्। लिङ्गगत रूपमा ८०० जना (५२.३९ प्रतिशत) पुरुष र ७२७ जना (४७.६१ प्रतिशत) महिला विद्यार्थी दीक्षित भएका छन्।

    यसपटक अष्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ जना विदेशी विद्यार्थीले पनि उपाधि प्राप्त गरेका छन्। यो कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो, जुन अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशतले बढी रहेको विश्वविद्यालयले जनाएको छ।

    विदेशी विद्यार्थीको सहभागिता उल्लेखनीय रूपमा बढ्दै जानु काठमाडौं विश्वविद्यालयप्रति अन्तर्राष्ट्रिय आकर्षण बढिरहेको संकेतका रूपमा समेत हेरिएको छ।

    images
    शुक्रवार, आषाढ १९ २०८३०९:२८:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार