शनिवार, आषाढ २० २०८३
काभ्रेपलाञ्चोक, १९ असार । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने दुई विद्यार्थी स्वर्णपदकबाट सम्मानित भएका छन्।
स्नातक तहअन्तर्गत ब्याचलर अफ इञ्जिनियरिङ इन कम्प्युटर इञ्जिनियरिङमा ३.९९ सीजीपीए प्राप्त गर्दै रिस्ता श्रेष्ठले उपकुलपति स्वर्णपदक प्राप्त गरिन्। उनले यस वर्ष स्नातक तहका सबै विद्यार्थीमध्ये सर्वाधिक सीजीपीए हासिल गरेकी हुन्।
त्यस्तै, स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर कार्यक्रम ‘मास्टर अफ एजुकेशन इन लिडरसिप एन्ड म्यानेजमेन्ट’मा ३.९७ सीजीपीए प्राप्त गरेकी अञ्जु कुमारी महेशनाथ पराजुली स्वर्णपदकबाट सम्मानित भइन्। उनले स्नातकोत्तर तहमा सर्वाधिक सीजीपीए हासिल गरेकी हुन्।
विश्वविद्यालयले दीक्षान्त समारोहका अवसरमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीलाई स्वर्णपदक प्रदान गर्दै सम्मान गरेको जनाएको छ।