Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौं बर्नहार्ट माध्यमिक विद्यालयद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

काठमाडौं बर्नहार्ट माध्यमिक विद्यालयद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

  • 346
    SHARES

  • काठमाडौं बर्नहार्ट माध्यमिक विद्यालयद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

    काठमाडौं, २० असार। काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित काठमाडौं बर्नहार्ट माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (नेपाल एकेडेमी हल) मा भव्य, आत्मीय र उत्साहपूर्ण वातावरणमा स्वागत गरेको छ।

    विद्यालयले आयोजना गरेको उक्त स्वागत कार्यक्रमको मूल सन्देश “One stage. One family. Countless memories.” अर्थात् “एक मञ्च, एक परिवार, अनगिन्ती सम्झना” रहेको थियो। कार्यक्रममा प्रस्तुत भएका प्रत्येक प्रस्तुति उत्साह, मित्रता, प्रतिभा, एकता र बर्नहार्ट परिवारको आत्मीयतालाई जीवन्त रूपमा अभिव्यक्त गरेको थियो।

    FB_IMG_1783175337819.jpg

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेश छत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारी, कार्यकारी निर्देशक तथा प्राचार्य पुरुषोत्तम बिष्ट, विश्वविद्यालय कार्यक्रम प्रमुख सहदेव सिग्देल, सह-प्राचार्य शिवराम रिजाल, प्रशासन प्रमुख रामचन्द्र थापा, कोर्डिनेटर मनोज बिष्ट, रामकृष्ण पराजुली विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको उद्घाटन विशिष्ट अतिथिहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यार्थी नाजनिन खातुनले स्वागत मन्तव्य राखेकी थिइन् भने सुरुची भट्टराईले नवप्रवेशी विद्यार्थीहरूलाई अध्ययन, अनुशासन, नेतृत्व, जिम्मेवारीबोध र आत्मविश्वासका विषयमा प्रेरणादायी सन्देश दिएकी थिइन्।

    FB_IMG_1783175150579.jpg

    यस अवसरमा कक्षा १२ का विद्यार्थीहरूका ऊर्जा र उत्साहले भरिएका नृत्य प्रस्तुति, सशक्त लाइभ ब्यान्ड संगीत, गायन तथा विविध सांस्कृतिक कार्यक्रमहरूले हललाई झनै उल्लासमय बनाएको थियो। कक्षा १२ का विद्यार्थीहरूले आफ्नो प्रतिभा, सिर्जनशीलता र बर्नहार्ट स्पिरिटलाई मञ्चमार्फत प्रभावशाली ढङ्गले प्रस्तुत गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक तथा प्राचार्य पुरुषोत्तम बिष्टले नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, सिर्जनशीलता र नेतृत्व विकासलाई विद्यालयले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै अतिरिक्त तथा सहपाठ्य क्रियाकलापमा सक्रिय सहभागिता जनाई सर्वाङ्गीण व्यक्तित्व विकास गर्न आग्रह गर्नुभयो।

    FB_IMG_1783175159118.jpg

    कार्यक्रमको अर्को प्रमुख आकर्षण विद्यार्थी नेतृत्व हस्तान्तरण (इन्भेस्टिचर) रहेको थियो। सह-प्राचार्य शिवराम रिजालले हेड ब्वाय, हेड गर्ल, डेपुटी, ईसीए प्रमुख तथा उपप्रमुखहरूको घोषणा गरेका थिए। त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रबन्ध निर्देशक तथा कार्यकारी निर्देशक/प्राचार्यले नवनियुक्त विद्यार्थी नेतृत्वलाई टाई वितरण गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए।

    विद्यालयले यस्ता कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूमा आत्मीयता, आत्मविश्वास, नेतृत्व क्षमता र विद्यालयप्रतिको अपनत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। उक्त कार्यक्रमले नयाँ सपना, नयाँ मित्रता र अविस्मरणीय यात्राको सुन्दर सुरुवात गरेको विद्यालयले जनाएको छ।

    FB_IMG_1783216281523.jpgFB_IMG_1783216244165.jpgFB_IMG_1783216241492.jpgFB_IMG_1783216162256.jpgFB_IMG_1783175305658.jpgFB_IMG_1783175281323.jpgFB_IMG_1783175262038.jpgFB_IMG_1783175175155.jpgFB_IMG_1783175161903.jpgFB_IMG_1783175156171.jpgFB_IMG_1783175153351.jpgFB_IMG_1783175183838.jpg

    images
    आइतवार, आषाढ २१ २०८३०७:३३:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार